राजपा चुनावमा जाने प्रधानमन्त्री देउवाको विश्वास



 

जनकपुरधाम, २० साउन । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गर्नुभयो ।

उहाँले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गर्नुभयो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्