कोलम्बोमा भारत बलियो स्थितिमा



 

नयाँदिल्ली, (एजेन्सी)
मध्यक्रमका ब्याटस्म्यान चेतेश्वर पुजारा र आजिन्क्य रहाणेले भारतलाई श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा बलियो स्थितिमा पुर्याएका छन्।

कोलम्बोमा भएको टेस्टको पहिलो दिन बिहीबारको खेल समाप्तीसम्म भारतले ३ विकेटको क्षेतिमा ३ सय ४४ रन बनायो। क्रिजमा पुजारा १ सय २८ रनमा र रहाणे १ सय ३ रनमा नटआउट भएर डटिरहेका छन्। दुवैले चौथो विकेटका लागि २ सय ११ रनको अटुट साझेदारी गरेका छन्। पहिलो टेस्ट जितेको भारत सिरिज जित्ने धुनमा छ।

टस जितेर भारतले पहिलो ब्याटिङ गरेको थियो। शिखर धवन ३५ रन बनाएर ११औं ओभरमा आउट भएर भारतलाई श्रीलंकाले झट्का दिएको थियो। धवनले पहिलो टेस्ट गालेमा १ सय ९० रनको सानदार इनिङ खेलेका थिए। लन्चपछि भारतले छिटो–छिटो २ विकेट गुमाएको थियो। लोकेश राहुल ५७ रन बनाएर रनआउट भए। उनको यो लगातार छैटो अर्धशतक थियो। साथै उनले यो उपलब्धि हासिल गर्नेमा गुडप्पा विश्वनाथन र राहुल द्रविडको रेकर्डसँग बराबरी पनि गरे। त्यस्तै कप्तान विराट कोहली भने १३ रनमै पवेलियन फर्कंदा भारतको स्कोर १ सय ३३ थियो। यसपछि पुजारा र रहाणेले श्रीलंकन बलरलाई अर्को सफलता हात पार्न दिएनन्।

पुजाराले आफ्नो ५०औं टेस्ट खेलमा सतक बनाए। करिअरको १३औं शतक बनाएका पुजारा ५०औं टेस्ट खेलमा शतक प्रहार गर्नेमा ७औं भारतीय तथा विश्वका ३६औं ब्याटसम्यान हुन्। यसका साथै उनले ३४ रनमा हुँदा टेस्ट करिअरमा ४ हजार रन पनि पूरा पनि गरे। ४ हजार रन पूरा गर्नेमा उनी १५औं भारतीय क्रिकेटर हुन्। यसै गरी रहाणेले टेस्ट करिअरमा १०औं शतक प्रहार गरेका छन्। श्रीलंकाको तर्फबाट रंगना हेराथ र पेरेराले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्