खोलाले बगाउँदा महिलाको मृत्यु



भक्तपुर, (नेस) । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट खड्का गाउँ पाटेचौर स्थित ठाडो खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ ।
दिउँसो खोला तर्ने क्रममा सोही ठाउँमा बस्ने वर्ष ५६ को सत्यवती खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले खोलाले बगाएको करिब एक घण्टा पछि उहाँको शव सूर्यविनायक नगरपालिका ७ पार्टी चौरमा फेला परेको र थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्