औषधि कम्पनीमा चिनियाँ लगानीलाई मोदीले रोके



नयाँदिल्ली, (एजेन्सी)
एक भारतीय औषधि निर्माण कम्पनीमाथि कब्जा जमाउन सांघाई फोसुन फर्माटिकल ग्रुप कम्पनीले राखेको १ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई भारतले अस्वीकार गर्ने भएको छ। यसलाई भारतमा हुन लागेको चीनको सबैभन्दा ठूलो लगानीका रुपमा हेरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको आर्थिक मामिलासम्बन्धी क्याबिनेट कमिटीले ग्लान्ड फर्मा लिमिटेडको ८६ प्रतिशत सेयर खरिद गर्ने चिनियाँ फर्मको प्रयासलाई रोकेको छ। उक्त कदमको बारेमा कम्पनीलाई औपचारिक रुपमा जानकारी नदिएको पिपलले जनाएको छ।

ती सूचनाहरू निजी हुने भएकाले सोधपुछ गर्न सम्भव नभएको उक्त अखबारले जनाएको छ। दक्षिण एसियाका सबैभन्दा ठूला साझेदार भारत र चीनबीच तनावको स्थिति रहेको छ। सन् १९६२ मा युद्ध लडिसकेका यी दुई देशबीच हिमालीक्षेत्रको सीमालाई लिएर तनाव फैलिएको हो।

प्रतिक्रिया दिनुहोस्