अदालतभित्र तीन अभियुक्त मारिए



मस्को, (एजेन्सी)
रसियाको राजधानी मस्कोस्थित एक अदालतमा मंगलबार तीन जना अभियुक्तको गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। तिनीहरूले त्यहाँ उपस्थित सुरक्षा अधिकारीहरूको हतियार खोस्न खोजेपछि तिनीहरूमाथि बाध्य भएर सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ।

गृह मन्त्रालयले एजेन्टहरूले तिनीहरूलाई सुनुवाइका लागि लिफ्टबाट अदालततर्फ लगिरहेका बेला पाँचजना आशंकित व्यक्तिले अचानक हमला गरेपछि सो घटना घटेको जनाएको छ।

तिनीहरूलाई भाग्न लागेको अवस्थामा मारिएका थिए। यस घटनामा अन्य दुईजना आशंकित व्यक्ति र तीनजना सुरक्षाकर्मी घाइते भएका छन्। यसरी अचानक गोली चल्न थालेपछि केही समयका लागि अदलत भवन खाली गराइएको थियो। उक्त मन्त्रालयले मारिने व्यक्तिको परिचय खुलाएको छैन।

तर तिनीहरूविरुद्ध डकैतीको अभियोगमा मुद्दा चलाइएको बताइएको छ। तर सरकारी समाचार निकाय तासले भने तिनीहरू सन् २०१२ देखि २०१४ बीच मस्को क्षेत्रमा १७ जना मोटोस्टिको हत्या गरेको आशंका गरिएको मध्यएसियाली नागरिकहरूको समूह जीटीए ग्याङका सदस्य भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्