विवाह गरेको लामो समय बित्दा पनि किन सन्तान हुदैन ? यस्तो छ कारण



sad woman

विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा–चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् ।

आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ । झण्डै १५ प्रतिशत विवाहित दम्पत्तिले (कहाँका रु) सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरुका लागि कालकोठरीजस्तै बन्न पुगेको छ ।

आजको वैज्ञानिक युगमा आइयूआई, आइभिएफ (टेष्टट्युव बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पत्तिको सपना साकार हुन पुगेको छ ।

निःसन्तान भनेको कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि २ वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ ।

।स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेलाई नराम्रो दृष्टिले हेर्ने र हेलाँ गर्ने चलन छ । निःसन्तानका हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा पनि हाम्रो समाजमा छ । यस्तो गर्नु राम्रो होइन ।

निःसन्तान हुनुको कारण निक्र्योल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन् सन्तानहीन व्यक्ति हाम्रै समाजमा पनि धेरै छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरु विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । २ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान–श्रीमती दुवैमा कुनै खरावी नभएपनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’

यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमानको शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान विदेश गैसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमानको शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।

विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । किनभने त्यहाँको उच्च तापक्रमले यस्तो हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ ।

त्यस समयसम्म उनीहरु पुनः रोजगारीका लागि फर्कुपर्ने भैसक्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुनसकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा ओम अस्पतालमा करीब २ हजारले सन्तान जन्माएका छन् ।

पुरुषमा सन्तान नहुने कारण

– विर्यमा शुक्राणुको संख्या वा गतिमा कमी

– विर्यमा शुक्रकीट उत्पादन नहुनु ।

– विर्यमा संक्रमण

– शुक्राणुको बनावटमा खराबी

– हर्मोनमा गडवडी

– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु

– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा ।

महिलामा सन्तान नहुने कारण

– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने ।

– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।

– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुनु ।

– हर्मोनमा गडबडी ।

– पाठेघरको झिल्लीमा मासु बढ्नु ।

– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्