बसिरहेका बेला पनि त्यतिकै हातगोडा बाउँडिन्छ ?



एजेन्सी । मानिसमा हात–गोडा बाउँडिने समस्या निम्तिने कारण र समाधानका उपायबारे  सुझाब यस्ता छन् :

शरीरमा इलेक्ट्रोलाइज भन्ने एउटा तत्व हुन्छ । शरीरमा त्यो तत्वको ब्यालेन्स नमिल्दा हात–गोडा बाउाडिने समस्या देखापर्छ । सोडियम, पोटासियम, क्याल्सियम, मिनरल, भिटामिन डीजस्ता तत्वहरूको कमी भयो भने शरीरमा इलेक्ट्रोलाइजको सन्तुलन मिल्दैन ।

हात–गोडा बाउँडिने समस्या हुनेमा सबैभन्दा प्रमुख कारण शरीरमा भिटामिन डीको कमी हुनु हो । भिटामिन डी हाम्रो शरीरमा आवश्यक महत्वपूर्ण तत्व हो, जसको कमीले अन्य धेरै रोग पनि लाग्न सक्छ ।

घाममा बसेर हामीले भिटामिन डी प्राप्त गर्न सक्छौँ । खानामा पनि भिटामिन डीयुक्त खानेकुरा पर्याप्त खानुपर्छ, जसले गर्दा हात गोडा बाउँडिने समस्याबाट मुक्त भइन्छ ।

हात–गोडा बाउँडिने कुनै एउटा रोगको लक्षण मात्र नहुन सक्छ । के कारणले हात–गोडा बाउँडिन्छ भन्ने कुरा रगत र हर्मोनको टेस्ट गरेपछि मात्र थाहा पाउन सकिन्छ । शरीरमा हुने हर्मोनको कमीले पनि हात–गोडा बाउँडिने हुन्छ ।

अफिसभित्र काम गर्ने, घरमा काम गर्ने महिला, खेलाडीहरूको खेल्ने प्रक्रिया नमिल्दा हात–गोडा बाउँडिने हुन्छ । कडा परिश्रम गर्ने, धेरै पसिना आउनेहरूमा हात–गोडा बाउँडिने हुन्छ । पसिनाका माध्यमबाट पानी धेरै जाने र शरीरमा पानी कम हुँदा हात–गोडा बाउँडिने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्