नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार एक दिन पछि धकेलियो



नेपाल समाचारपत्र, काठमाडौं । आज गर्ने भनिएको मन्त्रीपरिषद् विस्तार बुधबारलाई सारिएको छ । नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार एक दिन पछि धकेलिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेका थिए । तर, आफ्नै पार्टीका शीर्ष नेताहरुको आआफ्नै अडानका कारण सहमति जुट्न सकेन ।

सभापति देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षधरका समूहबाट कसलाई कुन मन्त्रालयको जिम्मा दिन भन्नेमा विवाद देखिएपछि मन्त्रिमण्डल विस्तार रोकिएको हो । कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपूर्ण मन्त्रालय नपाए आफ्नो समूह सरकारमा नजाने बताउदै आएको छ ।

त्यस्तै, मन्त्रीहरुको टुंगो लगाउन भन्दै बोलाइएको माओवादी केन्द्रको हेडक्वार्टर बैठकपनि स्थगित भएको छ । काँग्रेसको तर्फबाट मन्त्रीहरुको टुंगो लगाउन नसेको र अध्यक्ष पुष्पकमल दालाह प्रचण्डपनि अन्य भेटघाटमा व्यस्त रहेका कारण आजको बैठक भोलिका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्