यू–१९ विश्वकप छनोट: अफगानिस्तानद्धारा नेपाललाई १९६ रनको लक्ष प्रस्तुत



काठमाडौ, (नेस) ।
अर्को वर्ष न्युजिल्यान्डमा आयोजना हुने आईसीसी यू–१९ विश्वकप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा नेपाललाई अफगानिस्तानले १९६ रनको लक्ष प्रस्तुत गरेको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा टस जितेर पहिले व्याटिङमा उत्रिएको अफगानिस्तानले ४६।.५ ओभरमा अल आउट हुँदै विकेटको १९५ रन बनायो । अफगानिस्तानका लागि इबराइन जर्डनले सर्वाधिक १०१ रन बनाए ।

४४ औ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा रहेको अफगानिस्तानले ४५ औं ओभरमा लगातार तीन विकेट गुमाउँदा उच्च स्कोर बनाउनबाट रोकियो । ४५ औ ओभरमा नेपालका लागि साहब आलमले तीन विकेट लिएका थिए । नेपालका लागि साहब आलमको ४ विकेट, दिपेन्द्र ऐरीको ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले रोहितकुमार पौडेलले १-१ विकेट लिए।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्