चुनाव जितेर भोज भतेर गरेका जनप्रतिनिधि रिणमा थलिए, भाँडा माझ्ने काम गर्न पनि तयार



सरिता चलाउने, सल्यान
सिम्ता गाउँपालीका वडा ६ सुर्खेतबाट जननिर्वाचित महिला सदस्य आईती लुहार चुनाव जीते पछि निक्कै खुसी हुनुभएको थियो । स्थानीय निर्वाचनमा विजय यस क्षेत्रका सबै जन प्रतिनिधीहरु निक्कै हौसिएका थिए । खुसीसँगै विजय उत्सव मनाउदा लागेको भोज भतेरको खर्च टार्न अहिले उनिहरुलाई हम्मे हम्मे परेको छ ।

आईती लुहार जस्तै सवैको कथा व्यथा उस्तै छ । राज्यले निर्वाचित जनप्रतिनिधीलाई पारश्रमिकको समेत व्यवस्था हुने हल्लाले झनै होसियर उनिहरुले खुसी साट्दा र चुनाव प्रचार पसार गर्दा लाखौ खर्चेका छन् । तर उक्त रकम सवैका लागि सामान्य नभएको वताउने गरीएको छ ।

सुर्खेत सिम्ता गाउँपालीका वडा ६ बाट खुल्ला महिला सदस्यमा चुनाव जितेकी लुहार अहिले निक्कै पश्चाताममा रहेको बताउनु भएको छ । सधै मजदुरीबाट घर परिवार पालनपोषण गर्दे आउनुभएको उहाँले दैनिकी पुन ः तेहि पेरी फेरीमा बितेको छ । नेपालगञ्ज, बुटवल, काठमाण्डौ र सुर्खेत लगाएतका ठाउँहरुबाट सामान लोड भएर आउने र जाने मालबाहक ट्रकहरुको सरसामान लोड तथा अनलोडको सम्पुर्ण कामको जिम्मा उहाँले लिने गर्नुहुन्छ् । मजदुरहरुको समेत नेतृत्व, इमान्दारीता रहेकोले सवैको असल साथ र सहयोगले समान्य मजदुरी गर्ने भए पनि आफुले चुनाव जितेको बताउनुभयो ।

मजदुरी गरेको पैसा चुनावमा खर्र्चीयो तर अहिले निक्कै समस्या भएको छ । दैनिक मजदुरी गरेको रकमले ५ जनाको परिवारको सम्पुर्ण खर्च उनको जिम्मामा रहेको छ । सिम्ता गाउँपालीका र बन्गाड कुपिण्डे नगरमा जति पनि जन निर्वा्चि जन प्रतिनिधीहरु अहिले पछुताई रहेका छन् । भए भरको अधिक खर्च चुनावी प्रचार प्रसार समयमा लागेकोले अहिले आएर उनिहरु गल्ती भएको महशुस गरिरहेका छन् ।

आएती लुहारको समस्या जस्तै अधिकांस वडा सदस्यहरुको दुखेसो तेस्तै खालको छ । रोजगारीको लागि भारत जाउँ त भोली फेरी अर्को समस्या होला । जनताको सेवा गर्ने भन्नेर चुनाव लरियो अव आफ्नै वर्ष भरी खाने गासको समस्या भयो । घरमै वस्ने हो घर खर्च कसरी चलाउने भन्ने पिरोलोमा परेको बन्गाड कुपिण्डे नगरपालीका ४ वडा सदस्य कुल वहादुर खत्रीले वताउनु भयो ।

चुनाव जिते पछि नागरिकको हरेक समस्यामा सहयोग गर्ने उदेश्य थिया तर घरको समस्या उस्तै हुने भएकोले मजदुरी वाहेक अरु विकल्प नभएको आईती लुहार जस्तै अन्य सदस्यहरुको समेत दुखेसो छ । लुहारको पुर्खेयौली सम्पत्ति केहि छैन । गास,वास,कपासको दैनिक धान्न मजदुरी नै लेखेर ल्याएको उहाँले बताउनुभयो ।

दैनिक दिन काम परेमा १ हजार वढि कमाउने गर्नुभएको छ । तेहि मजदुरीको जोहले घरका सवै समस्या हल भएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्