तीर्थयात्री चढेको ट्याक्टर पल्टिदा एक बालिका सहित दुईको मृत्यु



कृष्णउदा खनाल,वीरगन्ज ।

छिमेकी देश भारतको मोतिहारी जिल्ला अतरगतको रकसौल ग्राम पंचायत पनटोकाका दर्शनार्थी सवारी ट्याक्टर दुर्घटनामा पर्दा दुईजना भक्तजनहरुको मृत्यु भएको छ ।

भक्तजनहरु सवार भएको ना. ५ त. ३६३० नम्बर को ट्याक्टर पर्साको दुग्धेश्वर माहदेव मन्दिर भाठामा सोमबारको जल चढाउन गईरहेको अवस्थामा आइतबार राती सखुवाप्रसौनी गाउपालिकाको वार्ड नम्बर ५ बलुवा र देवारबनाको बिच पर्ने सडक खण्डमा ट्याक्टर सडकबाट १० मिटर तल खेतमा मध्य रातको १२ बजे पल्टिदा ट्रेकटरमा सवार २५ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी उक्त स्थानका ५० बर्षीय महेन्द्र पसवान र ९ बर्षीया बालिका पुजा कुमारी को उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको नरायणी उपक्षेत्रीय अस्पताल वीरुगन्जमा उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएइको छ ।

अन्य घाइतेहरुको भने नारायणी अस्पताल वीरगन्जमा नै उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा पन्टोका कै राधीका देवी पसवान, सन्तोस राम,बिटु कुमार साह,सोभा देवी राम,सुमिन्त्रा राम, र ट्रेकटर चालक बुनिलाल राम रहेका छन् ।

उनीहरु सबै साउने सोमबारका लागि उक्त मन्दिरमा दर्शनका लागि आएका हुन् । पर्साको उक्त मन्दिरमा साउन महिनाभर मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्