नेयमार सर्वाधिक महँगो खेलाडी हुने तयारीमा



 

लन्डन, (एजेन्सी)
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी वार्षिक आम्दानीको आधारमा फोब्र्सको शीर्ष १ सय धनी खेलाडीको सूचीमा परिसकेका खेलाडी हुन्। धोनीको वार्षिक आम्दानी २ करोड ८७ लाख डलर (करिब ३ अर्ब २० करोड नेपाली रुपियाँ) रहेको स्रोतले जनाएको छ। अहिलेसम्म धोनी शीर्ष १ सय धनी खेलाडीको सूचीमा पर्ने पहिलो क्रिकेटर हुन्।

अब यस्तो रेकर्ड अगाडि आएको छ कि धोनीलाई मात्र होइन विश्वका कयौं खेलाडी कमाइको मामिलामा पछाडि पर्न सकिन्छ। बार्सिलोनाका चर्चित स्ट्राइकर नेयमार जुनियरलाई विश्व रेकर्ड रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आबद्ध गर्न लागेको छ।

फ्रेन्च फुटबल क्लब पीएसजीले ब्राजिली स्टारका लागि १९ करोड ६० लाख पाउन्ड (करिब २६ अर्ब ४० करोड नेपाली रुपियाँ) मा किन्न गइरहेको छ। यो सम्झौताका लागि नेयमारले स्विकार गरिसकेको पनि फ्रेन्च अखबारले जनाएको छ। यदि यो सम्झौता भएमा नेयमारले हरेक साता ५ लाख ९६ हजार पाउन्ड (८ करोड नेपाली रुपियाँ बराबरी ) पाउनेछन्। पीएसजी अहिले विश्वकै शक्तिशाली युरोपेली क्लब बन्ने तरखरमा रहेको छ।

विश्व फुटबल लिगमा सर्बाधिक महगो ट्रान्सफरमध्ये अहिलेसम्म फ्रेन्च खेलाडी पल पोग्बा अगाडि रहेका छन्। उनलाई म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट सन् २०१६ मा १० करोड ५० लाख युरोमा भित्र्याएको थियो। यो नेपाली रुपियाँ करिब १२ अर्ब ६० करोड बराबरी थियो।

प्रतिक्रिया दिनुहोस्