पदक विजेता सम्मानित



 

काठमाडौं, (नेस)
मनमैजुस्थित मानसिंह डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ।

सन् २०१६ मा भारतमा भएको तेस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा मलेसियामा भएको तेस्रो अन्तर्राष्ट्रिय खुला केएल मेयर्स कप करातेमा स्वर्ण जितेकी रूपा महर्जन १५ हजार नगदसहित सम्मानित भइन्। भारतमा भएको तेस्रो दक्षिण एसियाली करातेमा स्वर्ण जितेका रवि तामाङ १० हजार नगदबाट पुरस्कृत भए। भारतमा भएको तेस्रो दक्षिण एसियाली करातेमा कांस्य जितेकी एलिना विकलाई ५ हजार नगदबाट सम्मान गरियो। सोही अवसरमा पुरुषमा आकाश मण्डल तथा महिलामा शिबा भण्डारीलाई मानसिंह डोजो वर्ष खेलाडी– २०७३ अवार्ड प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्