यू-१९ विश्वकप छनौटः अफगानिस्ताननद्धवारा नेपाललाई १९१ रनको चुनौती



काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानबाट १९१ रनको विजय लक्ष्य पाएको छ ।

सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनायो ।

राम्रो सुरुवात गरेको अफगानिस्तानको पहिलो विकेट १५.३ ओभरमा शाहव आलमले लिएका थिए । उनले ओपनर इव्राहिम जर्दानलाई ४३ रनको स्कोरमा आउट गराए ।

त्यसको दुई ओभरपछि अर्का ओपनर नविद ओवाइदलाई पनि पवन सर्राफले ३३ रनको स्कोरमा पेविलियन पठाए ।

तेस्रो नम्बरका तारिक स्टाक्निजाईले २७ रन बनाए । २७ ओभरमा १११ रन हुँदा तेस्रो विकेट गुमाएर अफगानिस्तानबिरुछ त्यसपछि नेपाली बलरहरु क्रमसः हावी भए ।

नेपालका शाहव आलामले ३ विकेट लिए भने पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले दुई दुई विकेट लिए । किशोर महतो र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।

प्रतिक्रिया दिनुहोस्