फेसबुक धेरै प्रयोग गर्नुहुन्छ ? कृपया भुलेर पनि यस्ता कुराहरु फेसबुकमा उल्लेख नगर्नुस्



काठमाडौ ।

फेसबुकको प्रयोगबाटै देशमा विभिन्न अपराधिक घटनाहरू घटिरहेको छ । कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका हुन्छन् तर त्यो विषयमा सबैलाई थाहा नहुन पनि सक्छ ।त्यसैले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण राख्नु अगाडि यस्ता कुराहरुमा ध्यान दिनुहोस् ।

ठेगानाको जानकारी
फेसबुक प्रोपाइलमा आफ्नो ठेगाना उल्लेख गरेमा कुनै व्यक्तिको विशेष निगरानी तपाईमाथि हुन सक्छ जसकारण विभिन्न समस्याहरू आउन सक्छन् ।

जन्मदिन
तपाईहरुले सकेसम्म फेसबुकमा आफ्नो वास्तविक जन्मदिन उल्लेख नगरेकै राम्रो हुन्छ । यसैलाइै आधार बनाएर कतिपय अपराधिक घटनाहरू घट्न सक्छन् ।

सम्पर्क नम्बर
फेसबुक प्रोफाइलमा उल्लेख गरिएको सम्पर्क नंम्बरका आधारमा तपाईसँग सम्पर्क बढाई मानिसहरूले तपाईहरू माथि गलत दृष्टिले समेत हेर्न सक्ने भएकाले फेसबुक सकेसम्म सम्पर्क नंम्बर उल्लेख नगर्नु राम्रो मानिन्छ ।

व्यक्तिगत सम्बन्ध
तपाईको व्यक्तिगत सम्बन्धका बारेमा फेसबुकमा उल्लेख गर्नाले विभिन्न समस्याहरू आउन सक्छन् ।

तपाईका अधिंकाश साथीहरू
अक्सफोर्ड विश्वविद्यालयका मनोवैज्ञानिक फेसबुकमा सामेल भएका अधिंकाश साथीहरूका कारण समेत उनीहरूसँगको सम्बन्धको स्थायीत्वमा प्रभाव पर्न सक्छ ।

परिवारका साना सदस्यहरूको नाम
एक अनुसन्धानका अनुसार परिवारका साना सदस्यहरूको नाम तथा तस्विरहरूको नाम उल्लेख गर्नाले यौन हिंसाका कार्यहरू बढ्न् गरेको देखिन्छ ।

कार्यालय तथा स्कुल जाने समय
तपाईले कार्यालय तथा बच्चाहरू विद्यालय जाने समय फेसबुकमा उल्लेख गरेमा तपाईलाई कसैले निगरानी गरिरहेको हुन्छ जसले तपाई माथि विभिन्न समस्याहरू आउन सक्नेछ ।

बिदाको दिन
तपाई आफ्नो बिदाको दिन फेसबुकमा उल्लेख गर्नुहुन्छ भने त्यो बानी तत्काल हटाउनुस् । तपाई यदि कसैको निगरानीमा रहनुभएको रहेछ भने त्यसले समस्या उत्पन्न गराउन सक्छ ।

क्रेडिट कार्डबारेको जानकारी
आफ्नो क्रेडिट कार्ड बारेको जानकारी फेसबुक मार्फत् नदिनु राम्रो मानिन्छ ।

यात्राबारेको जानकारी
यदि तपाई कुनै यात्रामा हुनुहुन्छ भने फेसबुकमा यसको बारेमा उल्लेख नगरेकै राम्रो।

प्रतिक्रिया दिनुहोस्