नेपालको राजनीति नेपालभित्रै गर



 

नेपालको तराई केन्द्रित राजनीतिक पार्टीलगायत अन्य ठूला–साना पार्टीका नेता आफ्नो देशको राजनीतिमा भारतीय नेताहरुको राय–सुझाव तथा संलग्नताका लागि दिल्ली धाउने गरेको कतै छिपेको छैन। यो त देशको सार्वभौम सत्ता विरोधी गतिविधि हो। देशका ठूला पार्टीका नेताहरुले आफ्नो देशको राजनीतिमा भारतलाई संलग्नता गरे पनि के सुझाव दिन सकिन्छ भने, तराई केन्द्रित पार्टीका नेताहरुले भारतमा नगई नेपालको माटोमा बसेर नेपालको सेवा–राजनीति गर्ने गरेमा तराई केन्द्रित पार्टीका नेताहरुलाई हालिमुहाली नेताहरुभन्दा बढी जनताले साथ दिन सक्छन्। तर, त्यसो नगरेमा नेपालका साना–ठूला पार्टीका नेताहरुलाई नेपाली जनताले राष्ट्रिय स्वाभिमानी नेता भन्न चाहँदैनन्। नेपालमा बसेर नेपालकै माटो खेल्ने र नेपालको राजनीतिका लागि भारतमा नगई नेपालमै रहेर देश सञ्चालन गर्ने नेता नै सपुत हुन् भन्नुपर्दछ, होइन र ? त्यसैले नेपालको राजनीति नेपालको माटोभित्र गर, भारतमा होइन भन्ने नारा नेपालको संसद्मा हुनुपर्दछ।
– डा. सुमनकुमार रेग्मी, कुपण्डोल, काठमाडौं

सडकको बेहाल कहिलेसम्म ?

मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङ र निर्माण व्यवसायीको चरम लापरबाहीको कारण राप्ती गाउँपालिका सिसहनियाँस्थित लठ्ठहवामा निर्माण भएको एक वर्षमै कालोपत्रे सडकमा खाल्डाखुल्डी परेका छन्। ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षदिन नपुग्दै यहाँ सडकको कालोपत्रे गरेको नगरे समान भएको छ। निर्माणको काम गर्ने बेलामा कमससामग्री प्रयोग गरेको गुनासो हामी सबैले गरे पनि त्यस समयमा सम्बन्धित निकायले ध्यान नदिँदा त्यो समस्या भएको हो।

नयाँ बनेको पिच हो, तर सडक वर्षौं पुरानोजस्तो देखिन्छ। ठूल्ठूला खोपिल्टाहरु परेका छन्। यहाँ सडक पिच गर्दा लापरबाही भएको हो। अब तत्कासडक पुनः मर्मत गर्न सम्बन्धित निकायले चासो दिनुपर्छ। करिब २ करोड ८० लाख रुपियाँको लागतमा सडक कालोपत्रे गरिएको थियो। जुन सडक बनाएको जस्तै देखिँदैन। झन् बेहाअवस्था भएको छ। दैनिक हजारौं गाडी आवत–जावत गर्ने पूर्व–पश्चिम राजमार्गमा गरिएको कमसपिचले यो अवस्था सिर्जना भएको छ।
– यशोदा राउत, काठमाडौं

टहरा परिवर्तन हुन सकेन

गोरखामा अनुदान लिएर पनि घर बनाउनेको संख्या कम छ। बारपाकलगायत गाउँका बासिन्दा तेस्रो बर्खा पनि टहरोमा बिताउँदै छन्। ५५ हजार भूकम्पपीडितले रु. ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि यो वर्ष जम्मा ५५ सय जनाले मात्रै घर बनाएको तथ्यांक बाहिर आएको छ।

अनुदान रकम पाएको वर्षदिनमा पनि किन घर बनाएनन् भन्ने खोजीको विषय बनेको छ। पैसा दिएर मात्रै घर बन्ने होइनरहेछ भन्ने देखियो। प्राधिकरणले घर बनाइदिन्छ भन्ने मानसिकताबाट माथि उठेर आफ्नो घर आफैं नबनाएसम्म पुनर्निर्माणले गति लिएको देखिँदैन। यो विषयमा भूकम्पपीडितले पनि सोच्न जरुरी छ।

सरकारले एकमुष्ट ३ लाख रुपियाँ दिनुपर्ने, ३ लाखले घर बनाउन त के निर्माण सामग्री ढुवानी गर्न पनि पुग्दैन। दोस्रो र तेस्रो किस्ता लिन झन्झटिलो प्रक्रिया र घरको मापदण्ड प्राधिकरणका इन्जिनियरले भनेजस्तै हुबहु बनाउन नसकिने लाभग्राहीहरुले प्रतिक्रिया दिँदै सजिलो मापदण्डको पर्खाइमा रहँदा घर पुनर्निर्माणमा केही ढिलाइ भएको पनि देखिन्छ। यो विषयको समाधान खोजौं।
– माधन न्यौपाने, भक्तपुर

दूषित पानीबारे सोच्न जरुरी

परीक्षणका क्रममा ७० प्रतिशतभन्दा बढी स्वास्थ्यलाई प्रतिकूअसर गर्ने ब्याक्टेरिया फेला भनेर राजधानीबासीले खाने पानीसम्बन्धी समाचार यही नेपासमाचारपत्रमा भगवती तिमल्सिनाले लेख्नुभएको रहेछ। अत्यन्त महत्त्वपूर्ण इस्यु उठाउनुभएको रहेछ। मलाई यो समाचारले २⁄४ शब्द नलेखी बस्न दिएन। अनि नेपासमाचारपत्रमा पाठकको रूपमा केही कुरा लेखेको छु।

‘पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन। तर, पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको पाइएको छैन।’ समाचारको शुरुमै उहँँले लेखेको यो शब्दले सबै विषयवस्तु समेटेको छ। हुन पनि काठमाडौंमा उहाँले लेख्नुभए जस्तै भएको छ। तर, सम्बन्धित निकायले यस विषयमा खासै चासो देखाएको छैन।

सरकारले नीतिगतरूपमा कडा कदम नचाल्नाले त्यसको कमजोरीको फाइदा व्यापारीले उठाइरहेका छन्। उपभोक्ताको स्वास्थ्यमा गरेको खेलवाडका कारण उपत्यकामै बर्सेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनिया जस्ता थुप्रै रोगको शिकार पनि बन्दै गएका छन्। सरकारी पक्षले यसतर्फ ध्यान दिएको पाइएको छैन। व्यापारीले पनि मनलाग्दी गरेर अशुद्ध पानीको व्यापार गरिरहेका छन्। यो विषयमा सबैको ध्यान जाओस्।
– रोशन श्रेष्ठ, काठमाडौं

फोहोर र ढनिकासमा सरकार कमजोर

ललितपुरका विभिन्न क्षेत्रमा ढलको सही तरिकाले निकास हुन नसक्दा बाटोमा सवारीसाधन, मानिसलगायत धेरैलाई समस्या आइपरेको छ। बाटोमा ढलका पाइप विभिन्न तरिकाले छरपस्टरूपमा रहेका छन्। त्यसैमा खानेपानीका पाइप सँगसँगै रोखेको पाइएको छ। यसले शुद्ध खानेपानीको विषयमा निक्कै प्रश्न उठिरहेको छ। खानेपानी समस्याले मानिसमा विभिन्न प्रकारका रोग लागिरहेका छन्। यसले सबैलाई सताइरहेको छ।

यसरी विभिन्न रोग लाग्दा कति मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। मानिसमा विभिन्न रोग फैलनुमा ढलसँग मिसिएको खानेपानी पाइप पनि मुख्य कारण हो। यसको सही सदुपयोग नहुँदा समस्या सिर्जना भएको छ। सरकारले यस विषयमा ध्यान दिन जरुरी छ। यसका साथै फोहोर व्यवस्थापनमा पनि सरकारी क्षेत्रबाट उचित कदम चाल्न जरुरी देखिन्छ।
– लीलानाथ गौतम, सिन्धुली, झाँगाझोली रातामास
हालः पुल्चोक, ललितपुर

 

प्रतिक्रिया दिनुहोस्