दुव्र्यसनको समस्या र महिला



 

एक अध्ययनले देखाएअनुसार नेपालमा पनि झण्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान छ। विकसित देशहरूमा पुरुष र महिला झण्डै समान संख्यामा दुव्र्यसनमा परेको देखिन्छ भने पुरुषप्रधान हाम्रो जस्तो विकासोन्मुख मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिन्छ। साधाराणतया नेपालका महिलाहरू दुव्र्यसनमा पर्नुहुँदैन भन्नेखालको मान्यता देखिन्छ। तर, यही समाजमा दुव्र्यसनको समस्या छ भने महिला पनि त्यसबाट प्रभावित हुनुलाई आश्चर्यजनकरूपमा हेर्नुपर्ने कुनै कारण देखिँदैन। माथि उल्लेख गरिएझैं महिला पनि योजनाबद्धरूपले साथीभाइको संगत्ले औषधि हो भन्ने विश्वासले र रमाइलो गरौं या दुःख बिर्सौं भन्ने विश्वासले लागूऔषधको दुव्र्यसनमा परेको देखिन्छ। नेपालमा उपचार केन्द्रमा आएका महिलालाई आफूहरू यसरी दुव्र्यसनमा फसेको बताउँछन्।

उपचारमा आएकामध्ये महिला ५० प्रतिशत आफ्ना केटा साथीकै कारणले लागूऔषध लिन बाध्य भई लतमा फसेको बताउँछन्। साधारणतया केटाले लागूऔषध लिने गरेको बताइएको छ भने उसले प्रेमिकालाई विविध वाहानामा ड्रक्स खुवाउने गरेर लतमा फसाएको भेटिन्छ। प्रेमी–प्रेमिकामा एक–अर्काबाट विरोध नआओस् भन्ने र आर्थिकभार समान पार्न पनि दुवै लतमा फस्ने गरेको भेटिएको छ। कारण जे भए पनि गलत प्रेमी छान्न पुग्दा नै महिला दुव्र्यसनमा फसेका छन्।

करिब २० प्रतिशत महिलाले आफ्नो दुव्र्यसनी केटासँगको प्रत्यक्ष सम्पर्क नभएको तर तिनीहरूको प्रेमिका आफ्नो साथी भएको र त्यो केटी साथीले आफ्नो प्रेमीबाट लागूऔषध ल्याई रमाइलो हुन्छ रे, चाखौं भनी अनुरोध गरेकाले हेरौं न त भनी लागूऔषध लिन थालेको बताए। यस प्रकार योजनाबद्धरूपमै पनि यस्तो काम भएको हुनसक्छ।

करिब १५ प्रतिशतले आफूले लागूऔषध लिने गरेको महिलालाई चिनेको र घुलमिल हुँदाहुँदै उनकै देखासिकी गरी लागूऔषध लिन थालेको बताए।

करिब ५ प्रतिशत महिलाले आफूले विवाहअघि कहिल्यै लागूऔषध नलिएको तर विवाहपछि पतिले लागूऔषध लिने भएका कारण उनको पटक–पटकको अनुरोधपछि आफूले पनि आगूऔषध लिन थालेको बताए।

करिब १० प्रतिशत महिलाले एकान्त बिर्सन र पारिवारिक समस्याका कारण आएको दुःख बिर्सन र तनावमुक्त हुन लागूऔषध लिँदालिँदै यो समस्यामा परेको बताए।

माथीका जुनसुकै कारणबाट ड्रक्स लिएको भए तापनि महिलालाई दुव्र्यसनमा पार्न पुरुषहरूकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका देखिन्छ। गलत पुरुषको संगत्मा परेका कारणले नै अधिकांश महिला दुब्व्र्यसनको समस्यामा परेको देखिन्छ।

पुरुष प्रधान मुलुक भएकाले दुव्र्यसनमा परेका महिलालाई उपचारमा पठाउन परिवार तयार हुँदैनन्। जसको कारणले उनीहरूको जीवन कष्टकर हुन्छ र दुःखद् अन्त्य पनि हुन्छ। दुव्र्यसनमा परेका महिला पुरुषभन्दा बढी घरायशी हिंसाका शिकार हुन पुग्दछन् । उनीहरूलाई शारीरिक यातना दिने काम कार्य बढी नै हुने गर्दछ। महिलालाई आफैं लागूऔषध किन्न जाँदा गाह्रो पर्ने हुँदा उनीहरू कुनै पुरुषको भर परेका हुनसक्दछन्। यस्ता पुरुषले ठग्ने पैसा नै लुटिदिने, नक्कली औषधि ल्याइदिनेलगायत अनेकौं तरिकाले तिनीहरूलाई शोषण गर्दछन्। कमजोर महिला यो समस्याबाट निस्कन नसकी आत्महत्या पनि गर्न सक्छन्। एक्लै र बेसाहारादेखि विवाह गर्ने नाममा अलपत्र पारी छोड्दिन सक्दछन्। साधारणतया के देखिएको छ भने पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ। कुनै पनि घरमा महिलामा दुव्र्यसनको समस्या छ भने लुकाउनुहुँदैन। उनीहरूको दुराशय युक्त चालका कारण यो धरापमा परेका छन् भन्नेकुरा महसुस गरी उपचार केन्द्रमा लैजान मद्दत गर्नुपर्छ। एउटी महिलालाई छोरी, बुहारी, आमा भएर विभिन्न समयमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। तर, दुव्र्यसनमा परेका महिलाले समाजमा उपेक्षा गरेझैं त्यो भूमिका निभाउन सक्दैनन्। अझ महिलाहरूले आफ्नो जन्मथलो भनौं या जन्मस्थान नै छोडी पराइघर गएर विश्वास दिलाउनुपर्ने हुन्छ। त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि झनै चुनौतीपूर्ण हुने गर्दछ। त्यसैले तपाईंको घर पनि लागू पदार्थ दुव्र्यसनमुक्त होस्।

सुनील विवश लामिछाने, दाङ

भानुभक्तको योगदान

दुई किसिमको साहित्य, दुवैमा चमत्कार, त्यही नाम हो भानुभक्त। युटोपिया हेराई अर्थात् भोलिको कल्पना गरेर, अर्को हिजोको सम्झना गरेर दुवै हेराईबाट भानुभक्तलाई मैले दरिलो साहित्यकार मानेको छु। नेपाली भाषा साहित्यमा भानुभक्तको योगदान असाध्यै उँचो छ । नेपाली भाषा आजको स्थितिमा विकास हुनुमा उनैको ठूलो देन छ। भानुभक्तलाई समाजले जुन शत्रुतापूर्ण व्यवहार गर्दै गयो, जसरी शालिकमाथि प्रहार गर्यो, त्यो हामी सबै साहित्य प्रेमीका लागि राम्रो विषय भने पक्कै होइन। उनले लेखेको रामायणले सबैको मन छोएको छ। सामाजिक यथार्थलाई चिनेरै जनमनमा भिजेको छ। भानुभक्तले एक भाषा, एक जाति भनेर राजनीति गरेनन्। अरूहरूले भाषाको राजनीति गरे होलान्। तर, हामी यस्तो अवस्थामा आइसकेका छौं, अब हामीसँग नेपाली भाषाको विकल्प छैन। नेपालीहरूलाई एकसूत्रमा बाँध्ने भाषा नै यही हो। होला, भोलि हाम्रा नाति–पनाति पुस्तादेखि अंग्रेजी मात्र बोल्लान्, त्यो अलग कुरा हो। तर, आत्मीयता त्यतिबेला पनि नेपाली नै हुनेछ। भानुभक्तलाई सम्झिनु नेपाली भाषालाई मात्र सम्झिनु होइन एउटा राष्ट्रिय चेतना पनि हो। भानुभक्तले नेपाली भाषा र साहित्यलाई मात्रै बचाएका र उँचो बनाएका थिएनन्। उनले संकृति र सम्पदाको संरक्षणमा समेत आफ्नो कलम चलाएका थिए। साहित्यमा ती कुरा उठाएका थिए। अहिले देशमा साम्प्रदायिक द्वन्द्व बढ्छ कि भन्ने डर छ। जातिवादी र धर्मवादीहरू आफ्नै पारामा सल्बलाई रहेका छन्। उनीहरूले यो देशको एकता खल्बल्याउन निक्कै प्रयास गरेका छन। यही समयमा भानुभक्त जस्ताको खाँचो परेको देखिन्छ। राष्ट्रिय राजनीतिलाई एउटा गति दिन पनि साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपाली साहित्यमा अहिले पनि एकताको विषयमा कलम चल्न जरुरी छ।
सन्तोष खकुरेल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्