विपद् व्यवस्थापनका लागि कार्यदल गठन



 

नेपाल समाचारपत्र
महोत्तरी
महोत्तरीमा विपद् व्यवस्थापनका लागि ३ वटा गाउँ विकास समितिमा १ सय ८ महिला तथा पुरुषहरूलाई तालिम प्रदान गरेर कार्यदल गठन गरिएको छ।
विपद् व्यवस्थापनका लागि कार्यदल गठन हुनेमा जिल्लाको तत्कालीन पिगौना, सिमरदही र धिरापुर गाउँ विकास समिति रहेको छ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सीडीपी)महोत्तरीले जिल्लामा विपद् न्यूनिकरण, सुशासन, साना तिना भौतिक संरचनाहरूको निर्माण कार्य जस्ता विभिन्न पिछडिएका समुदायहरूमा कामहरू गर्दै आइरहेको छ।

सीडीपी महोत्तरीका जिल्ला संयोजक विशाल तिमल्सेनाले सो तालिममा विपद् व्यवस्थापनका लागि प्राथमिक उपचार, पूर्वसूचना प्रणाली र हल्का खोज तथा उद्धार गरी ३ विषयको तालिम नेपाल रेडक्रस सोसाइटी महोत्तरीको प्राविधिक सहजिकरणमा सम्पन्न भएको बताउँदै उक्त गाविसहरूको स्थानीय विपद् व्यवस्थापन योजना बनाउन सहयोग गर्ने जानकारी दिए।

यसै गरी सीडीपी महोत्तरीका इन्जिनियर प्रकाश खड्काले कार्यदलका सदस्यहरूलाई तालिमअन्र्तगत ३६ जनालाई प्राथमिक उपचार, ३६ जनालाई पूर्वसूचना प्रणाली र ३६ जनालाई हल्का खोज तथा उद्धार विषयमा आधारभूत स्तरको सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएको बताउँदै आवश्यक परेको खण्डमा समुदायस्तरमा उक्त कार्यदलले प्रभावकारी ढंगले काम गर्न सक्ने जानकारी दिए।

तालिमका सहजीकरणमा रेडक्रस महोत्तरीका सभापति दीपक मिश्र, रेडक्रसका प्रशिक्षक अवधेश झा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठ, सीडीपीका प्रमुख तिमल्सेनालगायतकाहरूले विपद् व्यवस्थापनका क्रममा बाढी, आगलागि, भूकम्प हँुदा कसरी तिनीहरूलाई उद्धार गर्ने, कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए।

सीडीपी महोत्तरीका तिमल्सेनाले कार्यदल गठन भएपछि उक्त गाविसहरूको अब बन्ने स्थानीय विपद् न्यूनिकरण योजनाले विपद्बाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्नका लागि आफ्नो आवश्यकताअनुसारको विपद् व्यवस्थापनका लागि न्यूनतम कार्यहरू गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्