मुख मैथुनको कारण गनोरिया



न्युयोर्क, (एजेन्सी)
विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले शुक्रबार मुख मैथुन र कन्डमको प्रयोगमा आएको कमिका कारण मानिसमा गनोरिया रोग तिव्र दरले फैलिरहेको जनाएको छ।साथै डब्ल्युएचओले अहिले कसैलाई गनोरिया संक्रमण भएको खण्डमा उपचार गर्न निकै गार्हो भएको र कुनै कुनैबेला त उपचार असम्भवै भएको पनि जनाएको छ।

अचेल यौन संक्रमित रोगहरूलाई एन्बिायोटिक्सले पनि असर नगर्ने देखिएको बताइएको छ। स्वास्थ विशेषज्ञहरूले समस्या निकै जटिल रहेको तथा उपचारका लागि थोरै नयाँ औषधि रहेको बताइएको छ।

विश्वमा करिब ७ करोड ८० लाख व्यक्तिलाई यौन संक्रमण हुने गरेको र यसले सन्तान नहुन सक्ने पनि बुझिएको छ। डब्ल्युएचओले विश्वका ७७ वटा राष्ट्रका गनोरिया रोगीहरूमाथि अध्ययन गरेको हो। गनोरिया यौन जनेन्द्रिय , गुद्वार र घाँटीमा संक्रमण गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्