प्रेसिडेन्टलको दीक्षान्त सम्पन्न



थापागाउँ स्थित प्रेसिडेन्सियल विजनेस स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्त समारोहमा १ सय ४९ जना विद्यार्थीहरु दीक्षित भएका छन्। उक्त दीक्षान्त समारोहमा एमबीएको ३ वटा ब्याचका ९५ जना र बीबीएका ५४ जना विद्यार्थीहरु दीक्षित भएका हुन्।

दीक्षान्त समारोहमा बोल्दै उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले सवल र समृद्ध नेपाल निर्माणका लागि विश्वब्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष नागरिक उत्पादन गर्नु हाम्रा लागि चुनौतिको विषय बनेको बताउनुभयो।

उहाले ‘प्रेसिडेन्सियल विजनेस स्कुलले अमेरिकन विश्वविद्यालयको सम्बन्धनमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा सर्वसुलभ रुपमा नेपालमा नै प्रदान गरिरहेकोमा बधाई दिनुभयो। उहाँले अब मुलुकामा देश विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको औंल्याउनुभयो।

व्यवस्थापन विषय– ‘सबैभन्दा धेरै विद्यार्थीहरुले पढ्ने विषयमा पर्दछ। साथै, त्यसको गम्भीरतालाई सबैले मनन् गरेको पनि बुझिन्छ।’ त्यसैले त संसारका प्रायः सबै विश्वविद्यालयहरुमा व्यवस्थापन विषयको पढाइले प्राथमिकता पाएको बताउनुभयो।

उहाँले दीक्षित विद्यार्थीहरुले देशमै रोजगारी पाउने कुरामा आशावादी हुनुपर्ने बताउँदै स्वदेशमै बसेर केही गर्नसमेत आग्रह गर्नुभयो।

कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसीले सन् २०११ मा प्रेसिडेन्सियल विजनेस स्कुल स्थापना गर्नुका पछाडि नेपाली विद्यार्थीहरुलाई स्वदेशमा नै अन्तराष्ट्रिय स्तरको व्यवस्थापन शिक्षा प्रदान गर्ने र संस्थालाई व्यवस्थापन विषयको पढाइ हुने राष्ट्रकै नमुना केन्द्र बनाउने र भविष्यमा दक्षिण एसियाकै उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो।

गत वर्षमात्र ३५ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएको बताउँदै उहाले यो संख्या वार्षिक १५ देखि २० प्रतिशतले वृद्धि भइरहेकामा समेत चिन्ता ब्यक्त गरे।

समारोहमा विशेष अतिथिका रुपमा वेस्टक्लिफ युनिभर्सिटीका उप–कुलपति प्राध्यापक डा. डेविड मेकेनीले आज विश्वमा व्यवस्थापन विषय– ‘सबैभन्दा धेरै विद्यार्थीहरुले पढ्ने विषयमा पर्दछ। साथै, त्यसको गम्भीरतालाई सबैले मनन् गरेको पनि बुझिन्छ।

त्यसैले त संसारका प्रायः सबै विश्वविद्यालयहरुमा व्यवस्थापन विषयको पढाइले प्राथमिकता पाएको बताउनुभयो।

उहाँले मानिसको दैनिक जीवनको व्यवस्थापनदेखि विभिन्न निजी तथा व्यवसायिक प्रतिष्ठानहरु, समाजिक संघ–संस्थाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठानहरुका साथ–साथै मुलुकै कुशल व्यवस्थापनका लागि दक्ष व्यवस्थापकहरुको जति खाँचो र आवश्यकता बाँकी विश्वमा छ, त्योभन्दा बढी आवश्यकता हाम्रो जस्तो अल्पविकसित एवं व्यवस्थापकीय क्षेत्रमा काम गर्ने जनशक्ति न्यून भएको देशमा रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्राध्यापक डा. महेन्द्रप्रसाद श्रेष्ठ, प्राध्यापक डा. सतीशकुमार ओझा, शिक्षा मन्त्रालयका सह–सचिव सूर्य गौतम, कलेजकी निर्देशक कल्पना गुरुङलगायतले बोल्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्