भारतलाई अत्याधुनिक हतियार दिएमा सन्तुलन बिग्रने



इस्लामावाद, (एजेन्सी)
भारतलाई नवीन प्रविधियुक्त अत्याधुनिक हतियार आपूर्तिले दक्षिण एसिया क्षेत्रमा रणनितिक सन्तुलन बिग्रने र त्यसबाट झन् खराबस्थिति निम्त्याउन सक्ने पाकिस्तानले बताएको छ।
हालै मात्र अमेरिकाले भारतलाई प्रिडेटर गार्जियन ड्रोन दिन निर्णय गरेको हो। यसलाई लिएर पाकिस्तानले चिन्ता व्यक्त गरेको हो। यो ड्रेन अत्यन्त खतरनाक र अत्याधुनिक मानिन्छ। अमेरिकाले तालिबान विरुद्ध धेरैजसो हमलामा यहि ड्रेनको प्रयोग गरिरहेको छ।

पाकिस्तानको विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नफिस जकारियाले अन्तराष्टिय मन्चमा पाकिस्तानले आफ्नो चिन्ता ब्यक्त गर्न जारी राख्ने बताए।
गत महिना भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणको बेला अमेरिका र भारतबीच प्रिडेटर गार्जियन ड्रोनको सम्झौतामा हस्ताक्षर भएको थियो। पाकिस्तानले त्यतिबेला पनि सम्झौताको विरोध गरेको थियो।

भारतले उक्त ड्रोन हासिल गरेपछि भारतमा सक्रिय पाकिस्तानमा रहेका कट्टरपन्थीविरुद्ध प्रयोग गर्न सक्नेछ। अमेरिकाले पनि अफगान भूमिबाट पाकिस्तानमा रहेको थुप्रै तालिवान ठेगानालाई ध्वस्त पारेको थियो।

अमेरिकाले पािकस्तानमाथि हक्कानी नेटवर्कविरुद्ध कारबाही गर्न दबाब दिँदै आइरहेको छ। यो नेटवर्क पाकिस्तानमा रहको र प्रायः अफगानिस्तानमा आतंककारी हमला गर्दै आइरहेको आरोप छ।
जकारियले पाकिस्तानमा हक्कानी नेटवर्क नरहेको र यस विषयमा पाकिस्तानलाई बदनाम गरिरहेको बताए।

हक्कानी नेटवर्कका धेरैजसो कमान्डर्स अफगानिस्तानमा नै मारिएको त्यसको प्रमाण भएको उनले बताए। उनीहरूले कुनै पनि हमला त्यहींबाट सञ्चालन गर्दै आइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्