दक्षिण चीन सागरमा अमेरिकी लडाकू विमानको चुनौती



वासिङटन, (एजेन्सी)
अमेरिका दुईवटा लडाकू विमानले विवादित दक्षिण चीन सागरको पूर्वी हिस्सामा उडान भरेर त्यस क्षेत्रमाथि चीनको दावीलाई चुनौती दिएका छन्। अमेरिकी वायु सेनाले जारी गरेको एक विज्ञप्तीमा जापानसँगको संयुक्त सैन्य अभ्यासमा अमेरिकी लडाकू विमान बी–१बी लान्सर्सले उडान भरेको उल्लेख गरेको छ।

त्यसपछि ती लडाकू विमानले दक्षिणी चीन सागरमाथि पनि उडान भरेको जनाइएको छ। मंगलबार उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो जसको दायरमा अमेरिकाको अलास्कासम्म पर्न आउँछ।

अमेरिकी वायुसेनाले विज्ञप्तीमा आफ्नो सहयोगीसँगको अपरेसन सञ्चालन गर्ने क्षमतालाई यसले प्रष्ट पारेको उल्लेख गरेको छ। जापानसँगको सैन्य युद्ध अभ्यासले प्रशान्त महासागरमा जापान र अमेरिका मिलेर कुनै पनि उक्साउने वा अस्थिर गर्ने गतिविधिलाई निम्त्याउन सक्ने देखाएको सेनाले जनाएको छ।

उत्तर कोरियाको परमाणु परीक्षणको जवाफमा अमेरिकाले पनि दक्षिण कोरियाली सागरमा संयुक्र ब्यालिस्टिक क्षेप्यास्त्र सहितको सैन्य अभ्यास गरिरहेको छ। यसबीच दक्षिण चीन सागरमाथि चीनको दावीलाई लिएर तनाव लगातार बढिरहेको छ। उक्त इलाकामा चीनसहित छिमेकी देश ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले आ–आफ्नो दावी गर्दै आइरहेका छन्।

दक्षिण चीनसँगको मार्ग भएर प्रत्येक वर्ष अर्बौ डलरको ब्यापार हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्