अमेरिकी झण्डामाथि पिसाब फेरियो



 

वासिंगटन, (एजेन्सी)
अमेरिकाको पेनसिल्भानिया राज्यको फिलाडेलिफया निवासी एमिली लान्स नामक एक महिलाले शौचालयमा अमेरिकी झण्डामाथि पिसाब फेरिरहेको आफ्नो भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेकी छिन्।

आफ्नो शौचालयमा महिलाहरूले पनि उठेरै पिसाब फेर्न सकिने गो गर्ल प्रयोग गरी उनले झण्डामा पिसाब फेरेको दृश्यको भिडियो कुनै साथीलाई खिच्न लगाएकी थिइन्। अमेरिकाको द जुलाइको स्वाधीनता दिवसको दिन उक्त भिडियो भाइरल हुनासाथ कसैले उनको टाउको छिनाल्नेदेखि र कसैले टाउकाको मूल्य ३ हजार अमेरिकी डलर तोक्ने कामसमेत गरेका छन्।

उनले फेसबुकमा सो भिडियोको क्याप्सनमा फर योर नेसनलिज्म, फर योर कन्टी«, फर योर स्टुपिड फ्लयाग जस्ता वाक्यांश लेखेका थिए। पछि उनले ती क्याप्सन हटाएकी छिन्। राष्ट्रिय झण्डाको अपमान भएको भन्दै हजारौं अमेरिकी जनताले आक्रोश व्यक्त गरेका छन्। तर धेरै नै अभिव्यक्ति स्वतन्त्रता भएको अमेरिकामा यस कार्यलाई कानुनी रुपमा अपराध मानिँदैन।

प्रतिक्रिया दिनुहोस्