भीएआरले देखाएको विवादास्पद निर्णय



 

फिरोज राजोपाध्याय

भीएआर ख्ब्च् यानि कि भिडियो एसिसटेन्ट रेफ्री सिस्टमलाई आगामी रुसमा हुने फिफा विश्वकप फुटबलमा प्रयोग गर्न लागेको छ। यसका लागि हालै रुसमै सम्पन्न फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगितामा परीक्षण पनि गरियो। भीएआरले खेलमा त्रुटीलाई सच्याउन मद्दत पुग्ने फिफाले विश्वास गरिएको छ। यो चार किसिममा रिभ्यु गर्न पाइनेछ। गोल भए⁄नभएको हेर्न, पेनाल्टीको सही निर्णय लिन, रेड कार्डका लागि र रेड या एल्लो कार्ड दिन वा गल्ती औंल्याउनका लागि यो भीएआर सिस्टममा रिभ्यु हेर्ने पाइने प्रावधान राखिएको छ।

चिलीका डिफेन्डर गोल्जालो जाराले जर्मनीका टिमो वेर्नरलाई कुहिनोले अनुहारमा हिर्काएका थिए। म्याच रेफ्री सो घटना भएभन्दा पछाडि थिए। उनले भीएआरको मद्दत मागे र निर्णय दिए। तर, आश्चर्य कुहिनोले हान्दा पनि जारालाई मात्र एल्लो कार्डको भागीदार बनाइए। जब कि यो सीधै रेड कार्डको फाउल थियो।

भीएआर सिस्टम लागू गर्न जुन २०१६ को बैठकबाट प्रस्ताव पारित गरिएको थियो। यसको पहिलोपटक अमेरिकी मेजर लिग सकरमा परीक्षण गरियो। अगस्ट २०१६ मा युनाइटेड सकर लिगमा दुई वटा भीएआर सिस्टमबाट निर्णय लिएको थियो। जसमा म्याच रेफ्री इस्माइल एलफाथले रेड कार्ड र एल्लो कार्ड दिने निर्णय लिएका थिए।यसपछि अगस्टमै फ्रान्स र इटालीबीचको अन्तर्राष्ट्रिय मैत्री खेलमा भीएआर प्रयोग भएको थियो। तर, फिफा क्लब वल्र्डकप २०१६ अन्तर्गत यसको प्रयोगमा केहीले अस्वीकार्य जनाए। जापानमा सम्पन्न उक्त प्रतियोगितामा रियल मेड्रिडका मेनेजर जिनेदाइन जिदानले यो सिस्टम एकदमै द्विविधामा रहेको नकारात्मक प्रतिक्रिया दिए। मिडफिल्डर लुका मोडरिकले भने यसको सीधै विरोध गर्र्दै भने– ‘मलाई यो सिस्टम मन परेन।’

व्यवसायिक लिगमा भने यसको प्रयोग यसै वर्षको अप्रिल ७ मा भएको थियो। अस्ट्रेलियाको ‘ए’ डिभिजन लिगमा भीएआर सिस्टम मेलबर्न सिटी र एडिलेड युनाइटेडबीचमा यसको कुनै आवश्यक नै भएन। अप्रिल ८ मा भएको वेलिङटन फोनिक्स र सिड्नी एफसीबीचको खेलमा भीएआर निर्णायक बन्यो। पेनाल्टी क्षेत्रमा ह्यान्डबल हुँदा भीएआरकै सहयोगमा सिड्नीले पेनाल्टीको मौका पायो र खेल १–१ गोल बराबरीमा सकियो।

फेरी आलोचनामै
भीएआर कन्फेडेरेसन कपमा प्रयोग त गरियो तर यसको ठूलै आलोचना पनि त्यति नै भयो। भिडियोमा रिप्लेमा अवलोकन घरी–घरी गर्न पाइन्छ तापनि रुसको मैदानमा गलत निर्णय पनि लिइयो र सच्याइयो पनि। यसको असर अन्यलाई पर्नु पनि स्वाभाविक हुन्छ यदि गलत निर्णय भएमा। जर्मनी र चिलीबीचको फाइनल खेलमा समेत भीएआर प्रभावकारी शिद्ध भएन।

चिलीका डिफेन्डर गोल्जालो जाराले जर्मनीका टिमो वेर्नरलाई कुहिनोले अनुहारमा हिर्काएका थिए। म्याच रेफ्री सो घटना भएभन्दा पछाडि थिए। उनले भीएआरको मद्दत मागे र निर्णय दिए। तर, आश्चर्य कुहिनोले हान्दा पनि जारालाई मात्र एल्लो कार्डको भागिदार बनाइयो। जबकि यो सीधै रेड कार्डको फाउल थियो। यो प्रतियोगितामा भिडियोद्वारा लिएको अर्कोे विवादास्पद निर्णय थियो।

यसअघि खेलिएको मेक्सिको र न्युजिल्यान्डबीचको खेलमा रेफ्रीले भीएआरमा धेरै समय व्यतित गरेका थिए। खेलाडीहरुको भनाभनमा रेफ्रीले एक खेलाडीलाई बुक गरे। खेल रोकेर फेरी भिडियो रिप्लेमा हेरेर अन्य दुई खेलाडीलाई पनि बुक गरे। त्यस्तै क्यामरुन र जर्मनीबीचको खेलमा त हदै पार भयो। भिडियो रिप्ले हेरेर पनि म्याच रेफ्रीले गलत खेलाडीलाई रेड कार्ड देखाएर हाँसोको पात्रो बने। ती क्यामरुने खेलाडीले म होइन भन्दा फेरी रेफ्रीले भिडियो रिप्ले हेरेपछि बल्ल सही खेलाडीलाई रेड कार्ड देखाएर गल्ती सच्याए।

विश्वकपमा असर
यदि एक वर्षपछि हुने विश्वकपमा यसरी गल्ती गर्ने र सच्याउने हो भने सायद यो भीएआर बीचैमा रोकिनुपर्ने वा अर्थहीन हुने पूर्वडिफेन्डर डेनी हिगिनबोथामले ट्विट गरेका थिए। उनले लेखेका थिए– ‘भीएआर केही निर्णयमा काम गरिन्छ। तर, रेफ्रीकै निर्णय आएमा यो अर्थहीन नै हुनेछ। विश्वकपमा यस्तो भएमा के गर्ने। विश्वकप जस्तो खेलमा गलत निर्णयले प्रतियोगिता कमजोर बन्ने देखिन्छ।’

फिफाको तर्क
फिफा रेफ्री कमिटीका प्रमुख पिएरलुइगी कोलीनाले भीएआर प्रगतिमा भएको बताए। तर, उनले यो सफल हुनेमा विश्वास लिएका छन्। उनले भने– ‘हो, हामी यसलाई प्रगति गर्न लागेका छौं। तर, स्मरण रहोस्, भीएआरले ठूलो गल्ती हुनबाट बचाएको छ। आगामी विश्वकपमा पनि ठूलो गल्ती नहोस् भन्नेमा हामी सचेतता अपनाउनेछौं। यो सफल हुन्छ।’

प्रतिक्रिया दिनुहोस्