इस्लामिक स्टेट खलिफा बगदादी बेपत्ता



 

बग्दाद, (एजेन्सी)
तीन नर्षअगाडि सन् २०१४ मा अबु बक्र अल बगदादी अन्तिम पटक देखिएका हुन्। त्यतिबेला उनले मोसुलस्थित एक मस्जिद अल नुरीमा आफ्ना अनुयायीहरूलाई सम्बोधन गरिरहेको भिडियो बाहिर आएको हो।

इस्लामिक स्टेटले त्यतिबेला इराक र सिरियाको गरी बेलायतको क्षेत्रफल बराबरको भूभागमा कब्जा गरेको थियो। तर त्यसपछि जिहादीविरुद्धको युद्धले उनीहरूलाई फिर्ता हुन बाध्य पार्यो। त्यतिबेलादेखि बगदादीको कुनै जानकारी बाहिर आएको छैन। एक प्रकारले उनी रहस्यमयी तरिकाले गायब बनेका छन्।
उनको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकेको छ।

यस तीन वर्षमा इस्लामिक स्टेटले आफ्नो नियन्त्रणमा रहेका धेरै भूभाग गुमाउनुपरेको छ भने इस्लामिक स्टेटका नेता गत नोभेम्बरपछि मौन देखिएका छन्। नोभेम्बरमा बाहिर आएको बगदादीको एक रिकर्ड सन्देशमा उनले मोसलबाट इस्लामिक स्टेटलाई धपाउने लडाइँ शुरू हुनुअगाडि आफ्ना बफादारहरूलाई सम्बोधन गरिरहेका थिए।

यसैबीच बगदादीको मृत्यु भएको समाचर आएको थियो। रुसका उप विदेश मन्त्रीले बगदादी मे २८ मा राकामा भएको रुसी हवाई आक्रमणमा मारिएको हुनसक्ने धेरै सम्भव भएको बताएका थिए।

एक इरानी अधिकारीले पनि गत हप्ता बगदादी निश्चित रूपमा मारिसकेको दाबी गरेका थिए। यद्यपि ती दाबीमाथि अमेरिकाले आशंका व्यक्त गरेको थियो।
रुसको दाबीको एक हप्तापछि सार्वजनिक एक भिडियोमा इस्लामिक स्टेटका सदस्यलाई बगदादीको नाम नलिईकन ‘हाम्रा सेख’ सम्बोधन गरिएको थियो। यसले बगदादीको मृत्युको खबरमा प्रश्न उठाएको छ।

यसअघि तालिवान र अल कायदाले पनि दुई वर्षसम्म तालिवान नेता मुल्ला उमरको मृत्युलाई लुकाइराखेको यियो।

बगदादी गायब हुनुमा उनी खलिफा भएको दाबीसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ। धार्मिक मान्यताअनुसार यस प्रकारको दाबी शासन गर्नका लागि भूभाग छ भने मात्र गर्न सक्छ।

इस्लामिक स्टेटको राजधानी मानिएका इराकको मोसुल र सिरियाको राका दुवैमा जिहादी दबाबमा परेको अवस्थामा बगदादी तेस्रो सुरक्षित राजधानीमा लुकेको हुन सक्ने अनुमान बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्