नयाँ मर्यादाक्रम खारेजी गर्न सांसदको माग, एसपी भन्दा नगरप्रमुख तल !



काठमाडौँ । नेकपा एमालेका नेत सुरेन्द्र पाण्डेले सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रम खारेज गर्न माग गरेका छन ।

सोमबार व्यवस्थापिका संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले जनप्रतिनिधिलाई डोमिनेट गर्ने गरी मर्यादाक्रम निर्धारण गरेको भन्दै आपत्ति जनाए । उनले भने ‘प्रहरीको एसपी तल नगरपालिकाको मेयर कसरी हुन्छ ? उ कहिले जनताबाट निर्वाचित हुन्छ ? यो कर्मचारीको पूर्वग्रहबाट प्रेरित रहेको छ । यस्तो मर्यादाक्रम मन्त्रिपरिषद्बाट समेत पासु भैसकेको भन्दै उनले यस्तो मर्यादाक्रम चाँडो खारेज गर्न म माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्