अमेरिकाको कुख्यात माफिया ग्यांग ‘एम–१३’



 

इसाबेल भिन्सेन्ट
‘अमेरिकाको न्युयोर्कको कुख्यात ग्याँग ‘एम– १३’ का पूर्वसदस्य ‘स्पिडी’ अहिले आफ्नो ग्यांग जीवनकालको तुलनामा निकै परिवर्तन भइसकेका छन्। अहिले २८ वर्ष पुगेका तथा सेन्ट्रल इस्लिपमा जन्मेका स्पिडी १६ वर्षको उमेरमा सो ग्यांगको सदस्य बनेका थिए।

उनी आफ्नो वास्तविक नाम वा आवल्नो अन्डरवल्र्ड जमानाको नामबाट चिनिन चाहँदैन। उनले सो समूह छोडेको झण्डै सात वर्ष भइसक्दा पनि अझै सजायँको भागिदार हुने डरले चिन्तित छन्। उनले पहिलोपटक आफ्नो कथा दि पोस्टकी पत्रकार इसाबेल भिन्सेन्टलाई बताएका छन्। उनी भन्छन्,‘ घटनाको शुरूआत एक रात एउटा पार्कबाट भएको थियो।

ग्यांगका तीनजना सदस्यले मेरो शरीरभरि लात्ती र मुड्की बर्साउन थाले। तिनीहरूले मेराहात, पाखुरा, पेट, ढाड र दुई खुट्टाबीच समेत बेस्सरी कुटपिट गरे। तिनीहरूले लगातार १३ सेकेन्डसम्म आक्रमण गरे। त्यही उभिएका अन्य सदस्यहरूले एक दुई भन्दै विस्तारै गनिबसेका थिए। भर्खर १६ वर्ष टेकेको म राष्ट्रकै सबैभन्दा खतरनाक र शक्तिशाली ग्यांग ‘एमएस–१३ ’ को सदस्य बनि सकेको थिएँ।

तिनीहरूको पिटाइको पीडा नचिच्याइ दाँत किटेर सहिरहेथेँ। केही क्षणपछि म पिटाइबाट लखतरान परेँ। तर मैले त्यहिँबेलादेखि अरूलाई पनि त्यसरी नै पिटेर मज्जा लिन सिकेँ। अरूलाई चोट र पीडा दिँदा आफूभित्रको चोट खुसीमा बदलिएको महशुस हुनथाल्यो। ग्यांगले तपाईंको कमजोर ठाउँ थाहा पाउँछ। त्यसले तपाईंलाई चिन्न र सुन्न सक्छ।

मैले तिनीहरूलाई पहिलोपटक भेट्दा म निकै कमजोर थिएँ। म एक्लो पनि थिएँ। मेरो परिवार ग्वाटेमालाबाट आएका हुन्। छ वर्षको छँदा मेरी आमा क्यान्सरले बितिन्। म १५ वर्ष पुग्नै लाग्दा मेरो बुबा पनि क्यान्सरबाटै बिते त्यतिबेला १० र १४ वर्र्षीया मेरा बहिनीहरूलाई अनाथालयमा राखियो। मैले तिनीहरूलाई कहिलेकाहीँ मात्र भेट्न पाउँथें।

म चाहिँ काकाकाकीहरूसंग बस्न थालेँ । त्यसपछि मलाई वास्तवमै एक्लै बस्ने रहर जाग्यो। त्यहिबेला एमएस–१३ ले मलाई भित्रायो मैले सो ग्यांगका सदस्यहरूलाई चिन्थें। तिनीहरूले मलाई विद्यालयमा भेट्न आए। तिनीहरूलाई मेरा बुबाआमा मरिसके भन्ने थाहा थियो। तिनीहरू मसँग हिड्न र रमाइलो गर्न थाले।
तिनीहरूले आफ्नो ग्यांगको सदस्य बनाउन जोसुकैलाई रक्सी र चुरोट ख्वाउने तथा परेमा केटीहरूसम्म मिलाई दिने गर्दछ। एमएस–१३ मा छिर्नुअघि म ल्याटिनोज फर लाइफ नामक समूहको सदस्य थिएँ। हामीलाई कि तिनीहरूको ग्यांगमा आउन वा प्रतिद्वन्द्वी बन्न भनियो।

एमएस –१३ मा गएपछि बढी शक्तिशाली भइने
विश्वासमा मैले सदस्यता लिने निर्णय गरेँ। हामीले डरलाग्दो हिंसामार्फत नै हाम्रो शक्तिको परिचय दिने गर्दथ्यौं। कसैलाई छुरा हान्नु मेरा लागि बाँया हातको खेल थियो। शुरूशुरूमा त अप्ठ्यारो लाग्थ्यो, विस्तारै अभ्यस्त हुँदै गएँ। सबैको आर्थिक कारोबारको हामीलाई ज्ञान हुन्थयो। बन्दुक तेर्साएर तिनीहरूको कारहरू रोकेर जेब्रा क्रसिंगमै हामी लुट्ने गथ्र्यौं।

कुनै पार्टी चलिरहेको ठाउँमा पनि हामी धारिला हतियार र बन्दुक लिएर जान्थ्यौं र सजिलै लुटपाट गथ्र्यौं। लुटपाट पछि हामी मज्जाले त्यहाँ खाने र पिउने पनि गथ्र्यौं। यदि कसैले नराम्ररी हेरेमा बेस्सरी पिट्थ्यौं। कसैलाई पैसा तिर्नुपर्ने स्थितिमा पनि उल्टै तिनीहरूका घरमा गई तोडफोड गथ्र्यौं। त्यस्ता ेकाम कतिपटक गरेेंं भन्ने हेक्का पनि छैन। हामीले बालबालिकालाई समेत कुटपिट गथ्र्यौं। ग्यांगका आफ्नै जासुसहरू हुन्थे।

यदि सहयोग गरेन भने सदस्यका कसैको पनि परिवारका सदस्यहरू एल साल्भाडोर वा होन्डुरस जहाँ भए पनि मारिन्थे अथवा ती सदस्यका छोरी , बहिनी वा गर्लफ्रेन्डको बलात्कार गरिन्थे। कसैले आफूले भनेको मानेनन् भने तिनका छोरीहरूको बलात्कार गरिन्थ्यो।

ग्यांगका कुनै सदस्यलाई कुनै केटी मन पर्यो भने उनले ती केटीलाई बलात्कार गरेर आफ्नो सम्पत्ति बनाउन सक्छन्। तर मैले भने कहिल्यै बलात्कार गरिनँ। लागूऔषध भने चोरेर सेवन गर्ने गरेको थिएँ। मेरो समूहमा मात्र करिब पचास जना केटाहरू थिए। हामी अर्धसैनिक फौजजस्तै संगठित र शक्तिशाली थियौं।
चोरी, डकैती, कुटपिट, अपरहण र लुटपाटको अभियोगमा म थुप्रैचोटि जेल पनि परेँ। अब म सुध्रिएर शिक्षा हासिल गर्न चाहन्छु। उक्त ग्यांगमा फसेका केटाहरूलाई त्यहाँबाट निकाल्न चाहुन्छु। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) को तथ्यांकअनुसार ४६ वटा राज्यमा एमएस (मारा साल्भाटुचा) का करिब ६ देखि १० हजार सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्