१ सयभन्दा बढी स्थानको परिणाम, एमाले अग्रस्थानमै



 

काठमाडौं, (नेस)
दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले जितको संख्या ५० पुर्याउँदै अग्रता कायमै राखेको छ। कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ।

अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन्। मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ।

यसपटक कतिपय पार्टीका गढ भत्किएका छन्। कांग्रेसका गढका रूपमा रहेका डडेल्धुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ।

मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन्। त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन्।

एमालेले जितेका स्थानीय तहमा मैवाखोला गाउँपालिका ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका ताप्लेजुङ, हिलिहाङ गाउँपालिका पाँचथर, कुम्मायक गाउँपालिका, पाँचथर, सन्दकपुर गाउँपालिका इलाम, चुलाचुली गाउँपालिका इलाम, मादी नगरपालिका संखुवासभा, सभापोखरी गाउँपालिका संखुवासभा, मेन्छेयाम गाउँपालिका, तेह्रथुम, छथर गाउँपालिका तेह्रथुम, हतुवागढी गाउँपालिका भोजपुर, पौवादुम्बा गाउँपालिका भोजपुर, रामप्रसाद राई गाउँपालिका, भोजपुर, टेम्के मैयुम गाउँपालिका, भोजपुर र लामिडाँडा गाउँपालिका, खोटाङ रहेका छन्।

त्यसै गरी जन्तेढुंगा गाउँपालिका, खोटाङ, केपिलासगढी गाउँपालिका, खोटाङ, पाख्रिबास नगरपालिका, धनकुटा, छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा, छथर जोरपाटी गाउँपालिका, धनकुटा, चौबीसे गाउँपालिका धनकुटा, सोताङ गाउँपालिका सोलुखुम्बु, दूधकोशी गाउँपालिका सोलुखुम्बु, ताप्ली गाउँपालिका उदयपुर, उदयपुरगढी गाउँपालिका उदयपुर, रौतामाइ गाउँपालिका उदयपुर, मस्टा गाउँपालिका बझाङ, गौमुल गाउँपालिका बाजुरा, पाण्डवगुफा गाउँपालिका बाजुरा र स्वामीकार्तिक गाउँपालिका बाजुरामा पनि एमाले जितेको छ।

त्यसैगरी पञ्चेश्वर गाउँपालिका बैतडी, अमरगढी नगरपालिका डडेलधुरा, नवदुर्गा गाउँपालिका डडेल्धुरा, सायल गाउँपालिका डोटी, थलारा गाउँपालिका बझाङ, बित्थडचीर गाउँपालिका बझाङ, तेलकोट गाउँपालिका बझाङ, दुर्गाथली गाउँपालिका, बझाङ, जयपृथ्वी नगरपालिका बझाङ, नौगाड गाउँपालिका दार्चुला, अपिहिमाल गाउँपालिका दार्चुला, लेकम गाउँपालिका दार्चुला, सुस्ता गाउँपालिका नवलपरासी, तिनाउ गाउँपालिका पाल्पा, निस्दी गाउँपालिका पाल्पा, पूर्वखोला गाउँपालिका पाल्पा, मालिका गाउँपालिका गुल्मी, रेसुङा नगरपालिका गुल्मी, रुरु गाउँपालिका गुल्मी, मुसीकोट नगरपालिका गुल्मी छत्रकोट गाउँपालिका गुल्मी, त्रिवेणी गाउँपालिका रोल्पा, रून्टीगढी गाउँपालिका रोल्पा, चुरे गाउँपालिका कैलाली र माण्डवी गाउँपालिका प्युठानमा पनि एमालेले जितेको छ।

त्यसैगरी कांग्रेसले जितेका स्थानीय तहमा मेरिङदेन गाउँपालिका ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिका ताप्लेजुङ, तुम्वेवा गाउँपालिका पाँचथर, चिचिला गाउँपालिका संखुवासभा, भोटखोला गाउँपालिका संखुवासभा, सिलिचुङ गाउँपालिका संखुवासभा, दिप्रुङ गाउँपालिका खोटाङ, ऐंसेलुखर्क गाउँपालिका खोटाङ, भोजपुर नगरपालिका भोजपुर, अरुण गाउँपालिका भोजपुर रहेका छन्। त्यस्तै गुल्मी दरबार गाउँपालिका गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी, प्रतापपुर गाउँपालिका नवलपरासी, सुनवल नगरपालिका नवलपरासी, माथागढी गाउँपालिका पाल्पा, राजपुर गाउँपालिका दाङ, शैल्यशिखर नगरपालिका दार्चुला, महाकाली नगरपालिका दार्चुला, मालिकार्जुन गाउँपालिका दार्चुला, काँडा गाउँपालिका बझाङ, बुंगल नगरपालिका बझाङ, सुर्मा गाउँपालिका बझाङ, त्रिवेणी नगरपालिका बाजुरा, छेडेदह गाउँपालिका बाजुरा, बडिमालिका गाउँपालिका बाजुरा, हिमाली गाउँपालिका बाजुरा, आलिताल गाउँपालिका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका डडेल्धुरा, भागेश्वर गाउँपालिका डडेल्धुरा, केआईसिंह गाउँपालिका डोटी, बडिकेदार गाउँपालिका डोटी, दशरथ चन्द नगरपालिका बैतडी, सुर्नया गाउँपालिका बैतडी, शिवनाथ गाउँपालिका बैतडी, कमलबजार नगरपालिका अछाम, जोशीपुर गाउँपालिका कैलाली, छत्रदेव गाउँपालिका अर्घाखाँची, गुलरिया नगरपालिका बर्दिया, चम्पादेवी गाउँपालिका ओखलढुंगा र डडुवा गाउँपालिका बाँके रहेका छन्।

माओवादीले जितेका स्थानीय तहमा लिखुपिके गाउँपालिका सोलुखुम्बु, महाकुलुङ गाउँपालिका सोलुखुम्बु, चिसंखुगढी गाउँपालिका ओखलढुंगा, साकेला गाउँपालिका खोटाङ, आमचोक गाउँपालिका भोजपुर, बंगलाचुली गाउँपालिका दाङ, सिस्ने गाउँपालिका रुकुम, पुथा उत्तरगंगा गाउँपालिका रुकुम, भूमे गाउँपालिका रुकुम, थवाङ गाउँपालिका रोल्पा, सुनछहरी गाउँपालिका रोल्पा, माडी गाउँपालिका रोल्पा, सुकीदह गाउँपालिका रोल्पा, दुईखोली गाउँपालिका रोल्पा, रोल्पा नगरपालिका रोल्पा, लालझाडी गाउँपालिका कञ्चनपुर, अजयमेरु गाउँपालिका डडेल्धुरा, बोगटान गाउँपालिका डोटी, मार्मा गाउँपालिका दार्चुला, धुर्कोट गाउँपालिका गुल्मी, मेल्लेख गाउँपालिका अछाम, सुनकोशी गाउँपालिका उदयपुर रहेका छन्।

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तहमा मल्लरानी गाउँपालिका, प्युठान र झिम्रुक गाउँपालिका प्युठान रहेका छन्। संघीय समाजवादी फोरमले जितेको स्थानीय तह नैनापुर गाउँपालिका, बाँके रहेका छन्।

यसैबीच निर्वाचन आयोगले शनिबारसम्ममा १ सय १५ भन्दा बढी स्थानीय तहको परिणाम आएको जनाएको छ। ३ सय ३४ मध्ये ८२ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) मा जानकारी प्राप्त भएको बताइएको छ।

यसैबीच प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लाको फातालुङ गाउँपालिकाको एउटा मतदान केन्द्रको प्राप्त हुन बाँकी मतपेटिका शनिबार मतदानस्थलमा प्राप्त भएको छ। हाल २ सय ४८ स्थानीय तहको मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्