अवैध समान सहित एक पक्राउ



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको गौशालाबाट प्रहरीले अवैध समानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पटना बाकरगंज वडा नं. ७ का २७ वर्षीय पप्पु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।
ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटी गएको गस्ती प्रहरी टोलीले शनिबार गौशाला नगरपालिका वडा नं.२ स्थित निगौल चौकमा चेक जाँच गर्दा उनका साथबाट अवैध १२ तोला चाँदी र एक तोला ३३ लाल सुन बरामद गरिएको प्रहरीले बताए ।
प्रहरीले साहलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्