राजविराजमा बाढी आतंक, करिब तीन हजार वस्ती डुवानको जोखिममा, स्थानिय ठाउँ छोड्दै



शिवहरि प्रसाद भट्टराई, राजविराज ।
अविरल वर्षाका कारण खाडो, मोहुली, त्रियुगा, जीता लगायतका नदीमा आएको  वाढिले राजविराज नगरपालिकाको २ वटा वडाका साथै आधा दर्जन गाउँ डुवानमा परेका छन् ।

मध्य रातमा आएको वाढिवाट राजविराज नगरपालिकाको वडा नं. ९ र १० का साथै मैनाकडेरी, वसविट्टि, तिलाठि, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीया लगायतका गाउँहरु डुवानमा परेका हुन । गाउँमा वाढि पसेकाले ३ फिटसम्म पानी जमेको छ । अकस्मातको वाढिले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सरसमान वगाएको राजविराज नगरपालिका वडा नं. १० डुमरी गाउँका परशुराम यादवले वताए ।

उक्त वडाका डेढ सय परिवार वाढिको उच्च जोखिममा छन् । एक्कासी आएको वाढिले मलेठ स्थित मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा र अन्नपात वगाएर लगेको पीडितले वताए । मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न हुँदा ठप्प भएको छ । वाढि औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगहर भित्र पानी पस्दा ठुलो क्षती भएको उद्योगका संचालकहरु  वताउ छन् ।

 

प्रतिक्रिया दिनुहोस्