कपिलवस्तुको तीन नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता



कपिलवस्तु । कपिलवस्तु जिल्लाको तीन नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन । कपिलवस्तु नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रामदास गुप्ता अगाडि छन् । उनले २ हजार ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण सिंहले १ हजार ७५२ मत प्राप्त गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र मानिने कृष्णनगर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रजतप्रताप शाह अगाडि छन् । उनले १ हजार ३६४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका श्यामकुमार मिश्राले १ हजार २६१ मत प्राप्त गरेका छन् । त्यस्तै महाराजगञ्ज नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दिर्घनारायण पाण्डे अगाडि छन् । उनले १ हजार ६८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्