महासंघद्वारा हत्याको भत्र्सना



काठमाडौं, (नेस) ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष्ँ तथा सल्लाहकार राज कुमार श्रेष्ठ मृत अवस्थामा फेला परेकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्तब्ध भएको जनाएको छ । महासंघले घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न सरकारस“ग माग पनि गरेको छ ।

 

श्रेष्ठ गत जेठ २६ गते अज्ञात समूहबाट अपहरणमा परी सम्पर्क विहीन हुनुभएको थियो । श्रेष्ठ तुलसीपुरस्थित बुटवल वस्त्रालयका संचालक हुनहुन्थ्यो । महासंघले घटना प्रति गहिरो दुःख व्यक्त गर्दै अपहरणमा संलग्न आततायीको उक्त कार्यको घोर निन्दा गरेको छ ।

 

उद्यमी व्यवसायीलाई अपहरण गर्ने, धम्की दिने कार्य बढिरहेको र उनीहरू असुरक्षित भैरहेको कुरा महासंघले बारम्बार उठाउ“दै आउ“दा पनि सरकारबाट सुरक्षाको उचित प्रबन्ध नहु“दा आज यो दुःखद घटना हुन पुगेको महासंघको बुझााई छ ।

 

महासंघले मृतकका परिवारप्रति उचित क्षतिपूर्तिको प्रबन्ध मिलाउन समेत सरकारसंग जोडदार माग गरेको छ ।

 

यस मर्माहत घडीमा शोकमा रहेको श्रेष्ठ परिवारप्रति महासंघले समवेदना प्रकट गरेको छ । र्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्