काठमाडौं महानगरपालिका,कार्यक्रम घोषणा कार्यान्वयन शून्य



ईश्वरराज ढकाल, काठमाडौं

ठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोस्रो कार्यपालिकाको बैठकमा सबै जनप्रतिनिधिलाई मोबाइल किन्ने निर्णय गरे। त्यसको सर्वत्र विरोध भयो। पर्सिपल्ट निर्णय स्थगित गरे। मोबाइल खरिद गर्ने निर्णयको विरुद्धमा कर्मचारीले नै फेसबुकमा स्टाटस लेखे र विरोध जनाए।

त्यसको प्रतिफलस्वरूप कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कर्मचारीको आचरण विरुद्ध फेसबुकमा किन प्रचार गरेको ? भन्दै स्पष्टीकरण सोधे। मेयर शाक्यको निर्देशनमा कार्यकारी अधिकृतले स्पष्टीकरण सोधेका थिए। एमालेका तर्फबाट मेयर बनेका शाक्यले एमालेकै कर्मचारी संघका उपाध्यक्ष शम्भु बरालसहित ३ जनालाई स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ।

गत असार ६ गते बसेको कार्यपालिकाको बैठकमा मोबाइल खरिद गर्ने निर्णय गरिएको थियो। कार्यपालिकाको बैठकको ८ बु“दे निर्णयमध्ये निर्णय नं ३(ख) मा जनप्रतिनिधिलाई मोबाइल खरिद गर्न प्रतिव्यक्ति ३०÷ ३० हजार दिने निर्णयको फेसबुकमा स्टाटस लेखेको र शेयर गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो।

स्रोतका अनुसार दीनानाथ सापकोटा, महेश्वर भुजेललाई स्पष्टीकरण सोधिएको हो। निर्णय फिर्ता लिने दिन असार ८ गते बैठक बसेर कर्मचारीलाई समेत कारवाही गर्ने निर्णय गरेका थिए। स्पष्टीकरण सोधिएका मध्ये भुजेल शाखा अधिकृत हुन्।

मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीलगायत जनप्रतिनिधिले बागडोर सम्हालेको आज शनिबार एक महिना पूरा भएको छ। एक महिना अवधिमा मेयर शाक्यले घोषणा गरेअनुसारको काम हुन नसकेको कर्मचारीवृत्तमै आरोप लाग्न थालेको छ। ‘एक महिनाको अवधिमा जम्मा ५ वटा काम भएका छन् ती पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन’ –एक कर्मचारीले नेपाल समाचारपत्रस“ग भने।

मेयरले कार्यभार सम्हालेको भोलिपल्ट जेठ १८ गते बा“सबारीबाट क्लिन द सिटी अभियान सञ्चालन गरिएको थियो। बिहान झिसमिसेमै फोहोर उठाउन निर्देशन दिएका मेयर शाक्यको सो अभियान अनुभूति गर्ने किसिमले सफल हुन सकेन। सफाइ कर्मचारीको अभावका कारण महानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन हुन सकेको छैन।

मेयर शाक्यले भने निजी क्षेत्रको सहभागितामा फोहोर संकलन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। एक महिना अवधिमा २०७२ सालको शक्तिशाली भूकम्पबाट ध्वस्त भएका निजी भवनको नक्सा पास निःशुल्क गर्ने निर्णय भने कार्यान्वयनमा आएको छ। ८८ वर्ष पुगेका बृद्धबृद्धालाई घरघरमा गएर स्वाथ्य परीक्षण गर्ने र उनीहरूलाई बृद्धभत्ता दिने निर्णय कार्यान्वयनमा आएको छ।

मेयर शाक्यले इजलाश शुरुआत गरेका छन्। इजलाश शुरु हुनु पनि योजना कार्यान्वयनको एउटा पाटो भएको कर्मचारीको भनाइ छ। साझा यातायातमा परिचयपत्रको आधारमा अपाङ्गता भएका र बृद्धबृद्धालाई उपत्यकामा निःशुल्क यात्रा गर्ने व्यवस्था शुरुआत भएको छ।

‘योजनाअनुसारको काम शुरु भइरहेको छ, हामीले घोषणा गरेअनुरुप काम गर्दै जाने छांै’ –कार्यपालिकाको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दा मेयर शाक्यले भनेका थिए। फोहोरबाट बत्ती बाल्ने परियोजना र साझा यातायातलाई ५ करोड रुपिया“ दिने निर्णय अघिल्लो कार्यकारी अधिकृतै पालामा भएको थियो।

एक महिनाको अवधिमा जति काम भएका छन् ती सबै कार्यान्वयन हुन अझै केही समय लाग्ने कर्मचारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्