ताइवानलाई हतियार बिक्री गर्न लागेकामा चीनको कडा विरोध



बेइजिङ, (एजेन्सी)
ताइवानलाई १ अर्ब ४२ मूल्यको हतियार बेच्ने गलत निर्णय तत्काल फिर्ता लिन अमेरिकालाई चीनले आग्रह गरेको छ। उक्त निर्णय राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा गत अप्रिलमा भएको सहमतिसँग बाझिएको जनाएको छ।

उक्त हतियार बिक्रीले ताइवान स्वतन्त्रता बलका लागि अत्यन्त गलत सन्देश जाने वासिङ्टनस्थित चीनको दूतावासले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ। अमेरिकी विदेश मन्त्रालय प्रवक्ताले बिहीबार प्रशासनले कंग्रेसलाई ताइवानलाई विक्री गर्ने विषयमा सातवटा प्रस्तावको जानकारी गराएको र यो ट्रम्प प्रशासनअन्तर्गतको पहिलो भएको जानकारी दिएको थियो।

‘ताइवानको पर्याप्त आत्मरक्षा बनाइराख्नका लागि यो विक्रीले सहयोग गर्ने छ।’ –उनले बताए। उनले अमेरिकाको लामो समयदेखिको एक चीन नीतिमा कुनै परिवर्तन नभएकोमा पनि जोड दिएको छ। एक चीन नीतिअनुसार चीन नामको एक मात्र राष्ट्रलाई स्विकार्छ र ताइवानलाई अलग्ग देश नभई उसकै प्रान्त मान्छ।

‘चिनियाँ सरकार र चिनियाँ जनतालाई आक्रोस व्यक्त गर्ने सबै अधिकार छ।’ –दूतावासले जनाएको छ। चीनले स्वायत्त ताइवानले स्वच्छन्द प्रान्तका रुपमा रहेको र उसलाई नियन्त्रण गर्न बल प्रयोगको सम्भावनालाई कहिल्यै अस्विकार गरेको छैन। सन् १९४९ मा चीनको साम्यवादीसँगको गृहयुद्धमा पराजय भएपछि चीनका राष्ट्रवादीहरू उक्त टापुमा पलायन भएका थिए।

‘अमेरिकी पक्षबाट भएका गल्तीलाई चुनौती दिँदै दुई राष्ट्रपतिबीच भएको सहमतिले चीन अमेरिका सम्बन्धमा सकात्मक विकास भएको संकेत गरेको हो।’ –दूतावासले जनाएको छ।
चीनको रक्षा मन्त्रालयले ताइवान चीन अमेरिका सम्बन्धमा सबैभन्दा संवेदनशील मुद्दा भएको बताउँदै अमेरिकालाई यस प्रकारको विक्रीलाई अन्त्य गरी ताइवान डमरुको शान्ति तथा स्थायित्वमा थप क्षति नपुर्याउन चेतावनी दिएको छ।

सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानमा ट्रम्प चीनको मुद्दामा आलोचक देखिएका थिए तर फ्लोरिडास्थित मार अ लागो रिसोर्टमा सीसँगको भेटघाटले सम्बन्धमा न्यानोपना आउने आशा जगाएको थियो।

प्रतिक्रिया दिनुहोस्