काभ्रेमा सवारी दुर्घटनामा ६२ को मृत्यु



नेपाल समाचारपत्र,काभ्रे ।
जिल्लामा सवारी दुर्घटनाका कारणले मात्र यो वर्ष ६२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १ सय १७ जना सख्त घाइते भएका छन् । सामान्य घाइते हुनेको संख्या सयौंमा छ । गत वर्ष काभ्रेमा सवारी दुर्घटनाका कारण २९ जनाले ज्यान गुमाएका थिए भने ९७ जना सख्त घाइते भएका थिए ।

गत वर्षको तुलनामा यो वर्ष सवारी नियम उलंघन गर्नेको संख्या पनि बढेको छ । ट्राफिक नियम उलंघन गर्नेको संख्या शुक्रवार सम्म २६ हजार २ सय पुगेको छ । गत वर्ष ट्राफिक नियम उलंघन गर्नेको संख्या २३ हजार ९ सय थियो ।

ट्राफिक नियम उलंघन गर्नेलाई कार्वाहि प्रक्रिया बढाएसंगै यसवर्ष १ करोड ६५ लाख रुपैया राजस्व संकलन भएका जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक शेखरजंग मल्लले जानकारी दिनु भएको छ । गतवर्ष कारवाहि बाट १ करोड ८ लाख रुपैया संकलन भएको थियो ।


ट्राफिक नियम उलंघन गर्नेलाई कार्वाहि प्रक्रिया बढाएसंगै यसवर्ष १ करोड ६५ लाख रुपैया राजस्व संकलन भएका जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक शेखरजंग मल्लले जानकारी दिनु भएको छ ।

 


जिल्लामा अरनिको र वीपी राजमार्गमा दैनिक साना ठुला ५ हजार भन्दा बढी सवारी साधन गुड्ने गर्दछ । पछिल्लो समय काभ्रेमा ट्रिपरको संख्या धेरै रहेको छ । साथै, अन्य शाखा सडकहरु मात्र हैन ग्रामिण सहकहरुमा पनि प्रसस्ता यातायात गुड्ने काभ्रेमा दुर्घटनाको संख्या बढेको कारण वर्षेनी अकालमा ज्यान गुमाउनेको संख्या बढेको देखिन्छ । दुर्घटना बढ्नुको मुख्य कारण भने चालकको लापर्वाहि नै रहेको औल्याइएको छ ।

जिल्लाको व्यापारिक केन्द्र बनेपा र जिल्ला सदरमुकाम धुलिखेलमा मात्र बढी क्रियाशिल रहेका ट्राफिक प्रहरलिे पछिल्लो समय भकुण्डे, पनौती, पाचखाल, दोलालघाट, खावा, मंगलटार, लगाएत ग्रामिण इलाकाका शहरहरुमा पनि सक्रियाता बढाउन थालेको छ । सिमिति दरबन्दीका कारण ट्राफिक प्रहरीले अत्यावश्यक ठाउ बाहेक अन्यमा ट्राफिक प्रहरी परिचालन हुन सकेका छैनन् । जिल्लामो २१ जना ट्राफिक प्रहरीको मात्र दरबन्दी छ । हाल काजमा आएका समेत गरि जम्मा २५ जना ट्राफिक प्रहरी जिल्लमा कार्यरत छन् ।

दुर्घटनामा ठुलो जनधनको क्षेति ग्रामिण इलाकामा भएको देखिन्छ । गत श्रावण ३१ गते कोशीपारिमा भएको एउटा बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । काभ्रे जिल्लामा १ सय ३२ किलोमिटर कालोपत्रे गरिएको सडक छ भने १ सय २८ किलोमिटिर ग्राभेल गरिएको सडक छ । जिल्लामा कच्ची सडक ५ सय ५ किलोमिटर रहेको ट्राफिक प्रहरीको रेकर्ड रहेको छ ।

बढ्दो सवारी चाप र दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीको संख्या थप गर्नुपर्ने र सवारी चालकमाथि ट्राफिक नियम कडाइका साथ लागु गराउनु पर्ने देखिन्छ । काभ्रेमा न्युनतम पनि ५० जना ट्राफिक प्रहरीको आवश्यक्ता रहेको बताइएको छ ।

बढ्दो सवारी दुर्घटना न्युनिकरण बारे ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मल्ल भन्नुहुन्छ– ट्राफिक नियमको पालना नगर्नु, सवारी साधनको प्राविधिक चेक जाच नियमिति नहुनु, चालकले लापरबाहि गरि सवारी साधन चलाउनु र यात्रुहरूको बढ्दो चापलाईको व्यवस्थापन ध्यान दिनु जरुरी छ ।

ग्रामिण क्षेत्रहरूमा हुने दुर्घटनामा यात्रु बस चालक, बस सेवा समिति , र सिन्डकेट प्रथा समेत दोषी देखिन आउने प्रहरी निरिक्षक मल्ल बताउनुहुन्छ । अहिले भई रहेको सवारी ऐन र ट्राफिक ऐन लाई मात्रै व्यवस्थीत तरिकाले कार्यान्वयन गर्न सकेमा मात्र पनि दुर्घटना न्युनिकरण गर्न सकिने उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्