पहिरो हेर्न गएका एकको लडेर मृत्यु



चितवन, १६ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोला नजिकै आज दिउँसो पहिरो खसेपछि हेर्न गएका एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुने इच्छाकामना गाउँपालिका–६ का एकबहादुर मगर रहेका छन् । बिहान खसेको पहिरो पन्छाउने क्रममा एकाएक दिउँसो १२ः५० बजे पुनः पहिरो खसेपछि भाग्ने क्रममा उनी चिप्लिएर त्रिशूली किनारमा खसेर मृत्यु भएको हो । उनले मादक पदार्थ सेवन गरेको प्रहरीले अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्