लागुऔषधसहित भारतीय पक्राउ



 

लहान, १६ असार । लागुऔषध चरेस र गाँजासहित प्रहरीले आज सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत निवासी ३७ वर्षीय श्यामसुन्दरप्रसाद सुनारलाई पक्राउ गरेको हो ।

अभियुक्त सुनारका साथबाट प्लास्टिकको झोलामा टेपले बेरिएका अवस्थामा दुई किलो चरेस र ९८० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्