प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित



डडेलधुरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ ।

 

डडेलधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् ।

यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए ।

डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्