रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी



रुकुमको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती र उपाध्यक्षमा केन्द्रकै ओमकुमारी शाही मल्ल विजयी भए । ओमप्रसादले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीउमान घर्तीलाई झण्डै दोब्बर मतले पराजित गरेका छन । ओमप्रसादले २ हजार ५ सय ५१ मत प्राप्त गरेका छन । यसैगरी उपाध्यक्षमा मल्लले २ हजार ६ सय ३५ मत प्राप्त गरिन । १४ वडा रहेको उक्त गाउँपालिकाका १० वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने २ र २ वडामा कांग्रेस–एमालेको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्