जीपीए हेरेर भर्ना गरौं



ईश्वरराज ढकाल

गत वर्ष कुन समूहमा पढ्ने भन्ने विषय छनोट गर्न नसक्दा सयौं विद्यार्थी अन्योलमा परेको थिए। यो वर्ष पनि कुन समूहमा कुन विषयमा पढ्ने भन्ने विषयमा विद्यार्थीमा अन्योल रहेको छ। विषय छनोट गर्दा सबैले ध्यान दिएर छनोट गर्नु उचित हुन्छ। विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन, मानविकीलगायतका समूह छनोट गर्दा विद्यार्थीले आफूले प्राप्त गरेको ग्रेड प्यवाइन्ट एभरेज (जीपीए) को विषयमा ध्यान दिनुपर्छ आफूले कुन विषयमा अध्ययन गर्न लागेको हो र कुन विषयमा कति जीपीए आवश्यक पर्छ भन्ने विषयमा जानकारी नै नभई भर्ना गर्दा समस्या हुन्छ।

लगनखेलको एम्स उमाविका प्राचार्य टीआर ढकालले विषय छनोट गर्दा विद्यार्थीले अनिवार्यरूपमा जीपीए हेर्नुपर्ने बताउनुहन्छ। उहाँ भन्नुहुन्छ– ‘कुन विषयमा पढ्ने र आफूले कति जीपीए प्राप्त गरेको छ भन्ने विषयमा जानकारी नै नहुँदा समस्या पर्नसक्छ।’

कुन समूहमा पढ्ने भन्ने विषय ठूलो कुरा होइन आफ्नो जीपीएअनुसार विषय छनोट गरेर पढ्नु उचित हुन्छ।

टीआर ढकाल
एम्स मावि,
प्राचार्य

नाइटिङ्गेल उमाविका संस्थापक प्रिन्सिपल तेजुलाल चौधरीले आफूले विषय छनोट गर्दा जीपीएको बारेमा जानकारी लिन जरुरी भएको बताउनुहन्छ। के विषय पढ्ने भन्दा पनि आफूले कति जीपीए ल्याएको छ भनेर अध्ययन गर्न आवश्यक हुने उहाँको भनाइ थियो। कम जीपीए ल्याउने विद्यार्थीहरूसमेत विज्ञान पढ्न हौसिरहेका हुन्छन्। हचुवाको भरमा भर्ना भएर परीक्षा दिने बेलामा जीपीएको अंकले समस्या परिरहेको हुन्छ। त्यसैले विद्यार्थीहरुले आफू कुन विषयमा पढ्ने र आफ्नो जीपीए कति आएको छ भन्ने विषयमा पहिला नै ध्यान दिनुपर्छ। हिसानका अध्यक्ष रमेश सिलवालले विषय छनोट हँुदा गम्भीर हुनुपर्ने बताउँदै भन्नुहन्छ। कुन विषयमा आफ्नो रुचि रहेको छ, सोअनुसार जीपीए पुग्छ कि पुग्दैन हेर्नु अत्यावश्यक छ।

आफू कुन विषयमा पढ्ने र आफ्नो जीपीए कति आएको छ भन्ने विषयमा पहिला नै ध्यान दिनुपर्छ।

तेजुलाल चौधरी
नाइटिङ्गेल उमावि,
संस्थापक प्रिन्सिपल

 

विद्यार्थीले आधार नहेरी भर्ना हुँदा समस्या पर्न सक्छन्। आफूले भर्ना हुन चाहेका समूहमा जीपीए हेरेर भर्ना हुन आवश्यक छ। गतवर्ष अधिकांश विद्यार्थी समूह छनोट गर्न नसक्दा समस्यामा परेका थिए त हतिपयले त परीक्षा दिँदा रजिस्ट्रेसन फाराम भर्दा समस्यामा परेका थिए। एम्स माविका प्राचार्य टीआर ढकालले आफ्नो जीपीए हेरर मात्रै भर्ना हुन सबैलाई आग्रह गर्नुभएको छ। ‘कुन समूहमा पढ्ने भन्ने विषय ठूलो कुरा होइन आफूनो जीपीएअनुसार विषय छनोट गरेर पढ्नु अचित हुन्छ’ –उहाँको भनाइ थियो।

हिसानका महासचिव लोकबहादुर भण्डारीले जीपीएको आधार नै नहेरी हचुवाको भरमा भर्ना हुदा गतवर्ष थुप्रै विद्यार्थीलाई समस्या परेको जानकारी गराउँदै अब त्यसो नगर्न सल्लाह दिनुहन्छ। उहाँ भन्नुहुन्छ– ‘आफूले ल्याएको जीपीएको बारेमा आफू अध्ययन गर्ने विद्यालयमा सल्लाह गरेर मात्रै भर्ना हुनुपर्छ। कसैको लहलहैमा लागेर कलेज छनोट गर्नुभन्दा पनि विषय हेरेर भर्ना हुनुपर्छ।

 

भर्नाको १२ मापदण्ड
समूह–१
साइन्स विषय समूह
साइन्स समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स विषयमा अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जीपीए २ ल्याउनुपर्छ, साइन्स र म्याथमा सी प्लस, इंग्लिस, नेपाली र सोसल स्टडिमा डी प्लस ल्याउनुपर्छ।

समूह–२
भोकेसनल विषय समूह
एनिमल साइन्स⁄प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जीपीए १.६ हुनुपर्छ।

समूह–३
म्याथ, जियोग्राफी, एकान्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथ, साइकोलोजी, इलिमेन्ट आफ फाइनान्स, ज्योतिष, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, र बिजनेस म्याथम्याटिक्सका लागि न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। ती विषयका लागि एसईईमा म्याथम्याटिक्स, इंग्लिस, नेपाली र साइन्स, सोसल स्टडिजमा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–४
फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। एसईईमा इंग्लिस, नेपाली, म्याथम्याटिक्स, साइन्स र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–५
इंग्लिस, अल्टरनेटिभ इंलिस, टिचिङ इंग्लिस र ल्याङ्गुस्टिकका लागि न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। एसईईमा इंग्लिसमा, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–६
मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनगर्न न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ। मास कम्युनिकेसनका लागि डी प्लस नचाहिने गरी निर्णय परिमार्जन गरेको छ।

समूह–७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। इंलिस, नेपाली, सोसल स्टडिज र संस्कृतभाषा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–८
हिस्ट्री, पोलिटिकल साइन्स, कल्चर, होम साइन्स, सोसियोलोजी र रुलर डेभलपमेन्ट विषय अध्ययन गर्न न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। यी विषय अध्ययनका लागि एसईईमा नेपाली, इंग्लिस र सोसियल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोक्सनल टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, अध्ययनका लागि पनि जीपीए न्यूनतम १.६ ल्याउनुपर्छ । नेपाली, इंग्लिस र साइन्स र एचपीईमा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–१०
मास कम्युनिकेसन, ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जीपीए १.६ ल्याउनुपर्छ। साथै नेपाली, इंग्लिस र सोसल स्टडिज र संस्कृतभाषामा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

समूह–११
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दु, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जीपीए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्छ ।
समूह–१२
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस र अरू भाषा न्यूनतम जीपीए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्