गोभक्तिको नाममा भइरहेका हत्या स्वीकार्य छैनः मोदी



 

सुरत, (एजेन्सी)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सावरमतीमा गोभक्तिको नाममा भइरहेको हत्याको विरोध गरेको छ। प्रधानमन्त्री मोदीले गोभक्तिको नाममा भइरहेको हत्या स्वीकार्य नहुने बताए।

मोदी भने– ‘गोभक्तिको नाममा भइरहेका हत्या स्वीकार्य छैन। यो त्यस्तो कुरा हो, जसलाई महात्मा गान्धी सहमत छैन।’

मोदीले भने– ‘समाजमा हिंसालाई कुनै स्थान छैन। हामी कस्ता मान्छे हौं, गाईको नाममा मान्छेलाई मार्छौं।’

के कुनै मान्छेलाई मार्ने हक पाउँछ, के यही गोरक्षा हो?
गाईको नाममा कसैको हत्या भइरहेको आफूले सुन्दै आइरहेको बताउँदै उनीहरू निर्दोष हुन् कि होइनन् भन्ने प्रश्न तेस्र्याए। कानुनले कानुनको काम गर्ने बताउँदै कानुन हातमा लिने हक मान्छेलाई नभएको उनले बताए।
हालैमात्र दिल्लीको रेलमा एक जना १६ वर्षीय मुस्लिम केटालाई हिन्दू अतिवादीले कुटपिट गरी हत्या गरेका थिए।

उनले भने– ‘हिंसा समस्याको समाधान होइन।’
गाई बचाउनका लागि जति महात्मा गान्धी र विनोबा भावे बोलेको छ त्यति कसैले नबोलेको मोदीले बताए।

गुजरातको दुई दिनको भ्रमण रहेका प्रधानमन्त्रीले अहमदावादको साबरमती आश्रमको १ सय वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा गोरक्षाको मुद्दामा उक्त कुरा बताएका हुन्।

सामाजिक सन्जालमा प्रतिक्रिया
धेरैले सामाजिक सन्जालमा प्रधानमन्त्री मोदीको उक्त भाषणलाई एक साहसिक कदम भनेका छन्। तर उनको भनाइलाई गोहीको आँसुसँग तुलना गर्नेहरू पनि छन्।

एकजनाले प्रदर्शनको दबाबमा मोदीले आफ्नो भाषणमा गोरक्षकलाई नसिहत दिएको लेखेका छन्।

अफलातुन अफलुले फेसबुकमा लेखेका छन्– ‘पाप यसका पाल्तुले गर्ने र उदाहरण बाबु, विनोबाको दिने।’

त्यसै गरी जसप्रितले लेखेकी छिन्– ‘हात्तीको दाँत देखाउने एउटा र खानका लागि अर्को हुन्छ। यसले धरातलमा के परिवर्तन हुन्छ, हेर्नु बाँकी छ।’

वकिमले फेसबुकमा लेखेका छन्– ‘यो पुरानो बानी हो। मुखमा गान्धीजी र खल्तीमा नाथुराम।’ केहीले मुसलमानमाथि सामूहिक आक्रमण मात्र नभई गोरक्षाको नाममा दलितहरूलाई पनि मारिरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्