छात्रसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकाको मिसौरीस्थित एकजना शिक्षिकालाई १७ वर्षीय छात्रसँग अवैध यौन सम्पर्क राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीया लोरिन बाक्र्ले नामक शिक्षिकाले ती विद्यार्थीकै कारमा र उनको निवासमा सन् २०१६ को नोभेम्बरदेखि २०१७ को जनवरीबीच पटकपटक यौन सम्पर्क राखेको प्रहरीले अभियोग लगाएको छ।

दि मोनेट टाइम्स अखबारले उनीविरुद्ध मिसौरीका दुईवटा काउन्टीमा छपटक यौन व्यभिचारी काम गरेको अभियोग लगाइएको हो। उनले पढाउने विद्यालयमै काम गर्ने जे जस्टाल नामक एकजना स्थानीय प्रहरी अधिकारीले पनि ती शिक्षकाको अवैध यौन सम्बन्धबारे शंका जाहेर गरेका थिए।

सो जाहेरीपछि विद्यालयका सम्पूर्ण टिम नै अनुसनधान कार्यमा जुटेको थियो। बाक्र्लेलाई २५ हजार अमेरिकी डलर जमानतमा हाल छोडिएको छ। उनलाई २४ जुलाईमा लरेन्सको काउन्टीको एक अदालतमा उपस्थित गराइने भएको छ।
अमेरिकामा पटकपटक यसरी शिक्षिकाबाट आफ्नै विद्यार्थीमाथि यौन शोषन हुने घटनाहरू सार्वजनिक हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्