रातामकैको बर्थडेमा मट्टारे र तुलाधर सम्मानित



 

हास्य अभिनेता किरण केसीले असार १५ र आफ्नो जन्मदिन मनाउने क्रममा अघिल्ला केही वर्षजस्तै यसपालि पनि कलाकार र पत्रकारलाई सम्मान गरेका छन्। यस अवसरमा केसीले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ५ जनालाई सम्मान गरे।

अभिनेता केसीले ५९औं जन्मदिनको अवसर पारेर केसीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी कलाकार र पत्रकारलाई सम्मान गरेका हुन्। सो अवसरमा हास्य कलाकार रमेश केसी ‘मट्टारे’ र फिल्म निर्देशक तथा पत्रकार विजयरत्न तुलाधरलाई जनही नगद १० हजारसहित सम्मान गरिएको थियो। सोही अवसरमा अभिनेता तथा निर्देशक लय संग्रौला, लोकगायक रामप्रसाद खनाल र म्युजिक भिडियो निर्देशक राज केसीलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै किरणले साथीभाइ र दर्शकको मायाले आफ्नो जन्मदिन र असार १५ को अवसरमा कलाकार पत्रकारलाई सम्मानको परम्परा शुरु गरेको बताए। ‘जन्मदिन घरमै पनि मनाउन सकिन्थ्यो। तर, ५ वर्षदेखि मैले जन्मदिनलाई विशेष बनाउने कोशिस गरिरहेको छु –उनको भनाइ थियो। हास्य कलाकारहरुको जमघट रहेको कार्यक्रममा सुशासनमा हास्य व्यग्य शीर्षकमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रम सबै सहभागीलाई हास्न लगाएर र हासेर शुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्