अन्तर कलेज फुटसल प्रतियोगितामा नेसनल कलेज क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
बिहीबारदेखि राजधानीमा शुरु भएको नेसनल कप अन्तर कलेज फुटसल प्रतियोगितामा आयोजक नेसनल कलेजका दुवै टोली क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

समूह विजेता बन्ने क्रममा पहिलो टिमले समूह चरणका सबै खेल जित्यो । टोलीका लागि मिलन बम र विक्रान्त नरसिंह रानाले समान ४÷४ गोलको योगदान गरे । त्यस्तै दोस्रो टोलीका लागि आशुतोस पन्त एक्लैले ५ गोल गर्दै टिमलाई सफलता दिलाएका थिए ।

आयोजक दुई टोलीसँगै नाथम, एपेक्स र सिल्भर माउन्टेन कलेज पनि अर्को चरणमा प्रवेश गरे । त्यस्तै सनवे, न्यु मिलिनिएम र केइसि कलेजले पनि क्वार्टर फाइनलको भिडन्त सुरक्षित पारे ।

प्रतिक्रिया दिनुहोस्