सुदूरपश्चिममा ७५ प्रतिशत बढी मत खस्यो



विमल विष्ट, डोटी ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ८८ स्थानीय तहमा बुधबार भएको निर्वाचन शान्तिपूर्ण एवं उत्साह जनक रुपमा सम्पन्न भएको छ ।

सुदूरपश्चिमका ८८ स्थानिय तहका १ हजार ७ सय ८० मतदान केन्द्रमा मतदान भएको सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय दिपायल राजपुरका क्षेत्रीय प्रशासक शुसिलकुमार ढुंगानाले जानकारी दिनु भयो । उहाँका अनुसार सुुदूरपश्चिमका ८८ स्थानिय तहका मतदान केन्द्रमा ७५ बढी प्रतिसत मत खसेको छ । सबैभन्दा बढी बाजुरा जिल्लामा मत खसेको बताईएको छ । सुदूरपश्चिमका १

उपमहानगरपालिका,३३ नगरपालिका तथा ५४ गाउपालिकाका लागि निर्वाचन भएको थियो ।

 

समग्र सुदूरपश्चिमको शुरक्षा ब्यबस्था निकै कडा तथा मज्बुद बनाईएकाले मतदाताहरु उत्साह पुर्ण तरिकाले मतदानमा सहभागि भएको उहाँको दाबी छ । केही ठाउमा बाहेक अन्य नगरपालिका तथा गाउपालिकामा आजनै मत गणनाको कार्य सुरु गरिने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा मतादाता शिक्षा खासै प्रभाबकारी हुन नसकेका कारण मद बदर हुन सक्ने सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिममा मतदान गर्नेको संख्या पुरुषको तुलनमा महिलाहरुको बढी रहेको छ । पुरुषहरु कमका लागि परदेश गएको तथा घरमा महिला मात्रै भएकाले यो संख्या बढेको निर्वाचन कार्यालयको अनुमान छ ।

 

यहाँका अकासमा बुधबार बिहान देखी सेनाको हवाई गस्ति टोलीले निरन्तर गस्ति गर्दै आएको थियो । सुदूरपश्चिमका केही ठाउमा सामान्य छिटफुटका घटना बाहेक अरु ठुला घटना केही नभएको क्षेत्रीय सुरक्षा समितिले जनाएको छ । त्यस्तै यहाकाँ प्रत्येक स्थानिय तहमा सेनाको  गाडी, बम डिस्पोजल टोलीहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतहरुको कमाण्डमा तीन तहको घेरामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

त्यस्तै अति सम्बेदन सिल क्षेत्र मानिएका यहाँका निर्वाचन क्षेत्रहरुमा नेपाली सेनाको युद्ध भैरब गण तथा सेन्जर बटालियनको स्फेसल फोर्स परिचालन गरिएको थियो । ७ न. प्रदेशका ८८ स्थानिय तहमा २२ हजार ७ सय सुरक्षाकर्मी र १६ हजार ८ सय निजामति कर्मचारी निर्वाचन सम्पन्न गराउन खटिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्