बाजुरामा कुटाकुट, एमालेका कार्यकर्ताको आक्रमणबाट कांग्रेस तर्फका मेयर उम्मेदवार अस्पताल भर्ना, तनाव कायमै



नेपाल समाचारपत्र, काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा त्यहाँ मेयरका उम्मेदवानै अस्पताल भर्ना हुन परेको छ ।

एमालेका कार्यकर्ताले बुढीगंगाकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवा दीपक शाहमाथि आक्रमण गरेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

एमाले कार्यकर्ताको आक्रमणबाट घाइते भएका मेयर उम्मेदवार शाहलाई उपचारका लागि बारबिस स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।

एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण गरेपछि कांग्रेस कार्यकर्ता पनि प्रतिकारमा उत्रिएका थिए । कांग्रेस कार्यकर्ताले पनि बुढीगंगाका लागि एमाले उम्मेदवार रामवहादुर बानियामाथि आक्रमण गरेका छन् । कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार पनि घाइते भएका छन् ।

घटनापछि त्यहाँको अवस्था तनावपूर्ण रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्