दाङमा ५५ प्रतिशत मत खस्यो



नेकपा क्रान्तीकारी माओबादीका अध्यक्ष मोहन बैद्य किरणकी आमा जानका उपाध्यायले ९१ वर्षको उमेरमा मत खसाल्दै । तस्वीर : इच्छा शर्मा

प्रशान्त वली, दाङ ।
दाङमा अहिले सम्म ५५ प्रतिशत मत खसेको छ । निकै उत्साहपूर्बक मतदानको कार्य जारी रहेको बताइएको छ ।

सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा भोट खसालिरहेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

मतदानमा जेष्ठ नागरिकहरुलाई बोकेर समेत ल्याईएको छ भने किरिया बसेकाहरुले समेत भोट खसालेको त्यहाँबाट मतदाता नविन पोख्रेलले जानकारी दिनुभएको छ ।

बैद्यकि आमाले भोट खसालीन

यसैबीच नेकपा क्रान्तीकारी माओबादीका अध्यक्ष मोहन बैद्य किरणकी आमा जानका उपाध्यायले ९१ वर्षको उमेरमा मत खसाल्नुभएको छ ।

उपाध्यायले दाङको घोराही उपमहानगपालिका अन्तर्गत काठेकोल मतदान केन्द्रवाट नातीनी सामना शर्माको सहयोगमा मत खसाल्नुभएको हो ।

जिल्लाका १ सय ५१ मतदान स्थल भित्र रहेका ३ सय ५१ मतदान केन्द्रमा मतदाताहरुले भोट खसालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्