गुल्मीका मतदाता भन्छन-‘जसले जिते पनि घरदैलोमा सरकार ल्यायौं’



अनिल खत्री, गुल्मी ।
स्थानिय तहको निर्वाचनमा गुल्मीमा उत्साह पूर्वक मतदान भइरहेको छ । जिल्लामा रहेका १२ वटा स्थानिय तहमा उत्साह पूर्वक मतदाताहरु उपस्थित भइ मतदान गरिरहेका छन् ।

मतदान स्थलमा पुगेका मतदाताहरुले मतदिएर फर्किदै गर्दा जस्ले जिते पनि घरदैलोमा सरकार ल्याएको प्रतिक्रिया दिएका छन् ।

मत दिएर फर्किदै गर्दा इस्मा गाउँपालिका गुल्मीकी ७२ वर्षिय सेमकली नेपालीले भनिन ‘हामीले घरदैलोमा सरकार आउँछ भन्ने सुनेका थियौ मत दियौ जस्ले जिते पनि घर दैलोमै सरकार ल्यायौं ।’

मतदान स्थलबाट फिर्किएका अधिकांश मतदाताहरुको एउटै स्वर थियो हामीले घर दैलोमा सरकार आयो । जिल्लामा १ सय ३८ केन्द्रका २ सय ४० मतदान स्थाल रहेका छन् ।

जिल्लाका सबै मतदान स्थलहरुमा उत्साहपूर्वक नै मतदाताहरु उपस्थित भइमतदान गरिरहेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए । जिल्लाका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना घटेको छैन् ।

बिहानी समयमा केहि ठाउँमा सामान्य पानी परेपनि दिउँसोको समयमा भने घाम लागि रहेका छन् । पानी पर्ने देखिए पछी मतदान स्थलहरुमा त्रिपालको ब्यवस्था गरिएको छ ।

यो समाचार तयार पार्दा सम्म गुल्मीमा ४० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्