आफैले बोकेको बम पड्केर मृत्यु



 

कैलाली, (नेस)
धनगढी उप महानगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्षेत्रभित्र आफैले बोकेको हाल नाम नखुलेको विस्फोटक पदार्थ सोमबार अचानक पड्कँदा गम्भीर घाइते भएका सोही उपमहानगरपालिका–१२ बस्ने ३० वर्षीय सनराइज भन्ने चन्द्र सिंहको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्