खानेपानीको मुहानमा अस्पतालको फोहर



हेटौंडा, (नेस) । मकवानपुरको थाहा–४, कारुलखोला खानेपानी उपभोक्ता समितिका एक उपभोक्ता गाडीमा दामन जा“दै थिए । उनको आ“खा सडकभन्दा तलतिर प¥यो । उनले त्यहा“ सेतो फोहरको थुप्रो देखे । गाउ“मा लगिएको खानेपानीको मुहानमाथि फोहर हो कि भन्ने उनलाई जिज्ञासा लाग्यो ।

ती उपभोक्तालाई कौतुहलता जाग्यो, घर आएपछि एक्लै हेर्न पुगे । देखे कि स्थानीय पोलीक्लिनिकको फोहर । रगत लत्पतिएका कपास, सुईहरु, औषधिका बोतल, फोहरैफोहर । उनले गाउ“मा त्यही कुरा सुनाए । थाहा नगरमा रहेको थाहा पोलीक्लिनिकले खानेपानीको मुहानमा अस्पतालजन्य फोहोर डम्पिङ गर्ने गरेको पाइएको छ । स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली सिसी, सुई, रगत लत्पतिएका कपडा, कपास, औषधिका खोल र पञ्जासमेत वडा नम्बर–४ स्थित कुर्सीमोडनजिक गैरीमा डम्पिङ गरिएको भेटिएको हो ।

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापनमा पोलीक्लिनिकको हेलचेक्र्यार्इं पाइएको छ । क्लिनिकले प्रयोगशालामा प्रयोग गरिएका सामग्रीसमेत बस्तीमाथिको पानीको मुहाननजिक मनपरिढंगले फालेको स्थानीयले बताएका छन् । पोलीक्लिनिक सञ्चालक सदस्य सहदेव ढकालले भने पोलीक्लिनिकको फोहर आफंैले व्यवस्थापन गर्ने गरेको बताए ।

उनले सिरिञ्ज जलाउने मेसिन आफैंस“ग रहेको र अन्य फोहर बाहिर लगेर जलाउने गरेको जिकिर गरे । नजिककोे जग्गा भाडामा लिएर फोहोर जलाउने गरिएकोमा केही समयदेखि उक्त कार्य अवरुद्ध भएको उनले बताए । पानीको मुहानमाथि अस्पतालजन्य फोहर फालेको देखेपछि हाल थाहा–४, भुईंडा“डाका बासिन्दाले धाराको त्यहा“को पानी खान छाडेका छन् । स्थानीय भुसुने ओढारको मुहानबाट ल्याइएको खानेपानी आयोजनाअन्तर्गत् किटेनी र भुर्इंडा“डाका करिब तीनसय परिवारले पिउने गर्थे । अहिले खानै छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्